इन्स्टाग्राममा फोटो राख्ने महिलालाई जेल !
तपाईले कहिल्यै सुन्नु भएको छ की सामाजिक सञ्जालमा फोटो राख्दा जेल जानुपर्छ भनेर? तर इरानमा एक महिलालाई सामाजिक सञ्जालमा फोटो राखेकै भरमा जेल चलान गरिएको छ।
इरानकी शिरीन नोबाहरी नामकी एक बडीबिल्डर महिलाले तस्बिर खिचाएर सामाजिक सञ्जाल इन्टाग्राममा अपलोड गरेपछि उनलाई त्यहाँको प्रशासनले जेलजाने फैसला सुनाएको छ।
पेशाले बडी बिल्डर रहेकी नोबाहरी धेरै अन्तराष्ट्रिय प्रतियोगितामाभाग लिइसकेकी छन्।उनले फ्यानको लागि आफ्नो मसलको तस्बिर खिचेर इन्स्टाग्राम हालेकी थिइन्। तर इरानमा गैर-इस्लामिक संगठनले उनको मसललाई नग्नताको प्रतीक भन्दै जेलको सजाय सुनाइयो।
संगठनले उनलाई फोटो अपलोड गरेवापत ५० युरो जरिवाना लगायो तर उनीसँग त्यतिबेला पैसा नभएपछि जेल जान तयार भइन्।
इरानमा महिलालाई अन्तराष्ट्रिय खेलमा भाग लिन अनुमति भए पनि खेलको क्रममा आफनो शरीर पुरै ढाक्नुपर्ने हुन्छ।