हिउँले छोपियाे जोमसोम
काठमाडौं : पश्चिमी वायुको प्रभावका कारण शुक्रबार देशभर बर्षा भएको छ। पश्चिम भेगबाट वर्षात् सुरु भएको र मध्य र पूर्वी भेगमा समेत प्रभाव परेको थियो । बर्षाका कारण जोमसोममा भारी हिमपात भएको छ । शुक्रबार पानी परे पनि शनिबार भने आकाश खुलेको छ । शनिबार बिहानैबाट आकाश खुलेर घाम लागेपछि हिउँ खेल्न जानेको भिड लाग्न थालेको छ । तस्बिर सौजन्य : हरिहर योगी