मुटु रोगीको भल्व शल्यक्रिया निःशुल्क गर्ने गगन थापाको घोषणा

मुटु रोगीको भल्व शल्यक्रिया निःशुल्क गर्ने गगन थापाको घोषणा

काठमाडौं : स्वास्थ्य मन्त्रालयले आगामी फागुन १ गतेदेखि बाथ मुटुरोगीको भल्व शल्यक्रिया पूर्ण निःशुल्क गर्ने भएको छ । स्वाथ्यमन्त्री गगनकुमार थापाले ‪शनिबार शहीद गंगालाल हृदय केन्द्रको २१ औं बार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा फागुन १ गतेदेखि बाथ मुटुरोगीको भल्व शल्यक्रिया पूर्ण निःशुल्क गर्ने घोषणा गरेका हुन्।

उनले यो सेवा निःशुल्क गर्नका लागि आवश्यक संपूर्ण प्रक्रिया पुरा भईसकेकाले सहजै कार्यान्वयन हुने पनि जानकारी दिए। उनको घोषणापछि बाथ मुटुरोगीको भल्व शल्यक्रिया सेवा दिदै आएका सबै सरकारी अस्पतालमा जुनसुकै नेपालीले निःशुल्क रुपमा यो सेवा पाउने भएका हुन्।

मन्त्री थापाले यसअघि अन्य विभिन्न रोगका विरामीलाई पनि यस्तै प्रकारको राहत तथा सहुलीयतको व्यवस्था गरेका थिए। कार्यक्रममा उनले काम गर्ने उमेरका धेरै युवाहरुमा बाथ मुटुरोग लागेर भल्व शल्यक्रिया गर्नु पर्ने भएकाले यस व्यवस्थाले ठूलो जनशक्तिलाई रहत पुग्ने उनले विश्वास व्यक्त गरेका छन्।

मन्त्री थापाले यस बर्ष भित्रमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको सेवा काठमाडौँ उपत्यका बाहिरका कम्तीमा पनि दुई ठाउँमा विस्तार गरिने बताए । सेवा विस्तारका लागि एउटा टोलीले गृहकार्य तिव्र पारेको जानकारी दिदैँ उनले सहयोगका लागि चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आह्वान पनि गरे।

कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङ, सांसद तथा अस्पताल संचालक समितिका सदस्य नरहरि आचार्यलगायतले अस्पतालको प्रशंसा गर्दै सेवा प्रवाहलाई अझै प्रभावकारी बनाउन आग्रह गरे।

स्वास्थ्य मन्त्री थापाले अस्पताल परिसरमा बनाउन लागिएको बहिरंग तथा आकस्मिक सेवा भवनको शिलान्यास समेत गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.