ट्रम्पले पदमुक्त गरेपछि‘ओबामा’ टि-सर्टमै बिदा भए राजदूत..

ट्रम्पले पदमुक्त गरेपछि‘ओबामा’ टि-सर्टमै बिदा भए राजदूत..

एजेन्सी : अमेरिकामा नयाँ राष्ट्रपतिको रुपमा डोनाल्ड ट्रम्पले पदभार ग्रहण गरेपछि पूर्व राष्ट्रपति बाराक ओबामाले नियुक्त गरेका सबै राजदूतलाई पदमुक्त गरिएको छ।

राष्ट्रपतिले पदमुक्त गरेपछि सबै राजदूत कार्यालय छाड्न बाध्य भए। सबै राजदूतले सामान्य रुपमा कार्यालय छोडे पनि सिंगापुरका लागि अमेरिकी राजदूत किक वागरले भने फरक शैली अपनाएका छन्।

राजदूत वागरले राजदूतावासबाट निस्कदा ‘ओबामा’ लेखिएको टि-सर्ट लगाएको तस्बिर सिंगापुरका लागि अमेरिकी राजदूतावासको फेसबुक पेजबाट सार्वजनिक भएका हुन्।

दूतावास छोड्दै गर्दा राजदूत वागरले ओबामाको संकेतिक समर्थन गर्दै उक्त टि–सर्ट लगाएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

ट्रम्पले वागरसँगै ८० राजदूतलाई एकसाथ पदमुक्त गरेका थिए। ट्रम्पले राष्ट्रपति पदको सपथ लिएकै दिन २० जनवरीको १२ बजेसम्म कार्यालय छोड्न आदेश दिएका थिए।

सिंगापुरका लागि अमेरिकी राजदूतावासका कर्मचारीले उक्त तस्बिर सार्वजनिक गर्दै लेखेका छन्, ‘आज हामी तपाईका छोरीको सिंगापुर यात्राको लागि धेरै नै आभारी छौँ र उनीहरुको उज्वल भविष्यको कामना गर्दछौ।कृपया सबै जना आजको रमाइलो पार्टीमा सँगै सहभागी बनौ।’

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.