८० परिवारलाई कम्मल वितरण
काठमाडौं : तरुण दलको सक्रियतामा राजधानीको बुढानिलकण्ठ नगरपालिकाका बिपन्न ८० परिवारलाई कम्मल वितरण गरिएको छ । कम्मल वितरण कार्यक्रममा समाजसेवी तेज रोक्का नेपाली कांग्रेस नेता सागर बैजु, कांग्रेस काठमाडौँ क्षेत्र नम्बर ४ का सभापति राजु श्रेष्ठलगायत सहभागी थिए। कार्यक्रममा बोल्दै क्षेत्रीय सभापति श्रेष्ठले बोलेर भन्दा काम गरेर देखाउन सबैलाई आग्रह गरे ।कार्यक्रमको संयोजन तरुण दलका बुढानिलकण्ठ नगरपालिका सभापति राजुविक्रम थापाले गरेका थिए। तस्बिर : सरोज वैजु