प्रचण्ड-बाबुराम र वैद्य एउटै मञ्चमा
१० वर्षे जनयुद्धमा एउटै पार्टीमा रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’, बाबुराम भट्टराई र मोहन वैद्य ‘किरण’ अहिले अलग अलग पार्टीको नेतृत्वमा छन् । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष रहेका प्रचण्ड प्रधानमन्त्री छन् भने बाबुराम भट्टराई माओवादी छोडेर नयाँ शक्ति नेपालको संयोजक बनेर राजनीतिक अभियानमा सक्रिय छन् । किरण भने नेकपा (क्रान्तिकारी माओवादी) को अध्यक्ष छन् । शनिबार भने तममाङ समुदायको नयाँ वर्ष सोनाम लोसारमा तीनै नेता एउटै मञ्चमा देखिए । तस्बिर : सरोज बैजु