ट्रकको ठक्करबाट युवतीको ज्‍यान गयो

 ट्रकको ठक्करबाट युवतीको ज्‍यान गयो

 पोखरीया (पर्सा): पर्साको परवानीपुर नजिकै भारतीय नम्बरको लहरी ट्रकले ठक्कर दिँदा एक युवतीको गएराति मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन्।

वीरगन्जबाट बाराको परवानीपुरतर्फ जाँदै गरेको पिबी६५एम ९०८६ नंको ट्रकले वीरगन्जतर्फ आउँदै गरेको ना२७प ९०८६ नंको मोटरसाइकललाई शनिबार राति ठक्कर दिँदा बारा जिल्ला निवासी १७ वर्षीया ओमरावती कुमारी साहलाई उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा उपचारका लागि ल्याउने क्रममा मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ।

गम्भीर दुई घाइतेको वीरगन्जस्थित गण्डक अस्पतालमा उपचार भइरहेको छ उनीहरुको नाम खुल्न सकेको छैन। ठक्कर दिने ट्रक र मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहे पनि ट्रकका चालक फरार रहेको प्रहरीले जनाएको छ ।रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.