सीजी ब्राण्डको इलेक्ट्रोनिक्स उत्पादनका दश वर्ष

सीजी ब्राण्डको इलेक्ट्रोनिक्स उत्पादनका दश वर्ष


काठमाडौं: दस वर्षअघि दुई मोडेलका टीभी उत्पादन गरेर नेपाली इलेक्ट्रोनिक्स बजारमा पाइला टेकेको सीजी ब्रान्डसँग अहिले २३ किसिमका टीभी उपलब्ध छन्। साथै सयौं मोडेलका विभिन्न घरायसी सामग्री, विद्युतीय उपकरण र मनोरन्जनका वस्तु उत्पादन तथा खरिदबिक्री गर्दै आएको छ।

कम्पनीले आफ्नै ब्रान्डमा मोबाइलसमेत उत्पादन सुरु गरिसकेको छ। बजारमा बढ्दो प्रतिस्पर्धा र विश्व ब्रान्डको बाक्लो उपस्थितिका माझ पनि सीजी ब्रान्डले आफूलाई इलेक्ट्रोनिक्स बजारमा सफल रूपमा स्थापित गराएको छ।

चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीका अनुसार नेपालको कुल इलेक्ट्रोनिक्स बजारको ११ प्रतिशत बजार अहिले सीजी ब्रान्डका उत्पादनले ओगटेको छ। उनले भने, 'प्रविधिमा आएको परिवर्तन र समयको मागलाई आत्मासात गर्दै सीजी ब्रान्ड यो अवस्थामा आइपुगेको हो।

विश्वस्तरीय प्रविधिको प्रयोग गरी सस्तो मूल्यमा सामान ग्राहकमाझ पुर्‍याउन सकेकै कारण सीजीका उत्पादन लोकप्रिय छन्।' उनका अनुसार इलेक्ट्रोनिक्स बजारको ४० वर्षे अनुभवले सीजीका उत्पादन गुणस्तरीय र आकर्षण भएका हुन्।

सीजी ब्रान्डले सुरुको अवस्थामा एलजी ब्रान्डका इेक्ट्रोनिक्स उत्पादन बजारमा भित्र्याएर बजार विस्तार र व्यापार गर्न सुरु गरेको थियो। त्यही अनुभवलाई लिएर कम्पनीले दस वर्षअघि आफ्नै ब्रान्डका नाममा इलेक्ट्रोनिक्स सामग्रीको उत्पादन गर्दै आएको हो। कम्पनीका अहिले देशभर तीन सयभन्दा बढी वितरक ४० भन्दा बढी सर्भिस सेन्टर छन्।

प्रबन्ध निर्देशक चौधरीका अनुसार सन् २०२० सम्म सीजीले कूल नेपाली इेलेक्ट्रोनिक्स बजारको २० प्रतिशत अंश आगेट्ने योजना बनाएको छ। उनले भने, 'त्यसका लागि कम्पनीले ग्राहकको मागलाई पहिलो प्राथामिकतामा राखेको छ। कम्पनीको वार्षिक वृद्धिदर १८ प्रतिशत छ।

यही गतिमा कम्पनी अगाडि बढ्ने हो भने सहज रूपमा लक्ष्यमा पुग्न सकिन्छ।' उनका अनुसार २० प्रतिशत मार्केट सेयरका लागि कम्पनीले आफ्ना उत्पादनलाई थप गर्दै जाने र बजार विस्तारको काम निरन्तर हुनेछ।

कम्पनीले बजारमा के कस्ता वस्तुको माग बढी छ, कस्तो सामग्रीले ग्राहकलाई आकर्षित गर्छ र विश्व बजारमा कस्ता सामग्रीको उत्पादन भइरहेको छ त्यसको अध्ययन गरी सामानको निर्माण गरिरहेको छ। उनले भने, 'बजारमा सामसुङ, एलजीले ल्याउने टीभी र सीजीले ल्याउने टीभीको प्रविधिमा कुनै फरक छैन।

एलजीले स्मार्ट टीभी ल्याउँदा सीजीले पनि बजारमा स्मार्ट टीभी भित्र्याइसकेको थियो। तर सीजी गुणस्तर र मूल्यको आधारमा नेपाली बजार सुहाउँदो भएकाले पनि यसको बजार विस्तार हुन सहज हुनेछ।'

कम्पनीले शुक्रबार पहिलो पटक राष्ट्रिय स्तरको डिलर मिट सम्पन्न गरेको छ। उक्त अवसरमा कम्पनीले नेपालमा पहिलो पटक एलईडी टीभीको लाइनअपमा ६५ इन्चको अल्ट्रा हाइ डेफिनेसन (एचडी) टीभी सार्वजनिक गरेको हो। साथै कम्पनीले आफ्नै ब्रान्डमा फोर जी स्मार्टफोन पनि बजारमा भित्र्याएको छ। यसको उद्घाटन चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले गरेका छन्।

६५ इन्चको अल्ट्रा एचडी टीभी
सीजी इलेक्ट्रोनिक्स प्रालिले पहिलो पटक नेपाली बजारमा ६५ इन्चको अल्ट्रा एचडी रिजोलुसनसहितको टिभी भित्र्याएको छ। एन्ड्रोइडमा आधारित यस टीभीको बजार मूल्य एक लाख ६९ हजार सात सय ९० रहेको छ भने यसमा १ जीबी र्‍याम तथा ४ जीबी इन्टरनल मेमोरी छ।

आकर्षण डिजाइनका साथ बजारमा ल्याइएको यो टीभीमा विभिन्न एप्स प्रि इन्स्टल गरिएको छ। ए प्लस प्यानल जडान गरिएको टीभीमा तीन सय ५० युनिटको उज्यालो पाइन्छ। यसले तस्विरको रंगलाई विस्तार गर्ने कम्पनीले जनाएको छ।

टीभीमा १.५ गिगाहर्ज डुअल कोर सीपीयु र क्वाडकोर सीपीयु समावेश गरिएको छ। यसमा टीभीको साउन्ड क्वालिटीलाई बढाउन उत्कृष्ट साउन्ड सिस्टमको प्रयोग गरिएको कम्पनीले जनाएको छ।

ब्लेज फोर जी स्मार्टफोन
चौधरी ग्रुपअन्तर्गतको सीजी मोबाइल प्रालिले फोर जी नेटवर्कमा आधारित 'ब्लेज फोर जी' स्मार्टफोन बजारमा ल्याएको छ। नेपाल टेलिकमको फोर जी सेवा विस्तारसँगै कम्पनीले आफ्ना ग्राहकलाई लक्षित गर्दै यो स्मार्टफोन बजारमा ल्याएको हो।

'सीजी मोबाइलका उपभोक्ताको चाहना र अपेक्षालाई उच्च प्राथमिकतामा राख्दै हामीले बिहीबारदेखि फोर जी स्मार्टफोन बजारमा ल्याएका हौं', चौधरी ग्रुपका प्रबन्ध निर्देशक चौधरीले भने, 'यस स्मार्टफोनमा उपभोक्ताले फरक अनुभव गर्नेछन्।

यस स्मार्टफोनमा ८ मेगापिक्सलको अटो फोकस क्यामराका साथै ५ मेगापिक्सलको सेल्फी क्यामरा छ। आकर्षक डिजाइन र कलरमा निमार्ण गरिएको यो स्मार्टफोनमा १.३ गिगाहर्ज एमटीके प्रोसेसर, २ जीबी र्‍याम र १६ जीबी रोम रहेको छ।

लामो समयसम्म टिक्ने यो फोनमा २,००० एमएएच ब्याट्री प्रयोग गरिएको छ। ब्लेज फोर जीको बजार मूल्य ११ हजार एक सय ११ रुपैयाँ रहेको कम्पनीले जनाएको छ।

यसका साथै कम्पनीले चाडै नै बजारमा पिकनिक तथा पार्टीका लागि उपयोगी ट्रली स्पिकर, घरायसी तथा अफिसियल प्रयोजनका लागि डोर फ्रिजर र चेस्ट फ्रिजर बजारमा ल्याउने तयारीमा रहेको जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.