सहिद दिवसमा माइतीघर मण्डलामा राष्ट्रिय झण्डा फहराइयो
काठमाडौं : सहिद दिवसको अवसरमा राजधानीको माइतीघर मण्डलामा नेपालकै सबैभन्दा ठूलो राष्ट्रिय झण्डा फहराइएको छ । एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रकवि माधवप्रसाद घिमिरेले झण्डा फहराएका हुन्। झण्डा फहराउने कार्यक्रम नेपाल देशभक्त युवा नेपालले आयोजना गरेको हो । तस्बिर : सरोज बैजु