पाकिस्तानले भन्यो : सार्क शिखर सम्मेलन गर्न तयार छौँ

पाकिस्तानले भन्यो : सार्क शिखर सम्मेलन गर्न तयार छौँ

काठमाडौं : पाकिस्तानले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को १९ औं शिखर सम्मेलन आयोजना गर्न आफू तयार रहेको बताएको छ। सार्कका महासचिव अर्जुनबहादुर थापासँग हालै भएको भेटमा पाकिस्तानी प्रधानमन्त्रीका विदेश नीति सल्लाहकार सरताज अजिज र त्यहाँका विदेशसचिव अजिज अहमद चौधरीले त्यस्तो बताएका हुन्।

प्रेस ट्रस्ट अफ इन्डियाका अनुसार पाकिस्तानी प्रधानमन्त्रीका विदेश नीति सल्लाहकार अजिजले भारतले सार्कको वडापत्रको उल्लंघन गरेको बताएका थिए। महासचिव थापाको तीन बर्षे कार्यकाल फेब्रअुरी २८ मा सकिंदैछ। थापा यतिबेला विदाइ भेटका क्रममा सार्क मुलुकको भ्रमणमा छन्।

भारतका कारण सार्क शिखर सम्मेलन स्थगीत हुँदा सार्कका सबै गतिविधिमा अवरोध आएको पाकिस्तानले आरोप लगाएको छ। इस्लामावादमा सार्क शिखर सम्मेलन आयोजना गर्न प्रतिबद्ध रहेको उसले बताएको छ। सार्कको वर्तमान अध्यक्ष मुलुक नेपालले सार्क शिखर सम्मेलन आयोजना गर्न कुनै पहल नगरेको टिप्पणी भइरहेका बेला पाकिस्तानले यस्तो बताएको हो।

परराष्ट्रमन्त्री प्रकाश शरण महतले सार्क शिखर सम्मेलन आयोजनाका लागि नेपालले पहल गर्ने पटक—पटक प्रतिबद्धता जनाए पनि हालसम्म कुनै पहल भएको देखिंदैन। भारतले सार्क शिखर सम्मेलन आयोजनाका लागि ‘ग्रिन सिग्नल’ नदिएसम्म नेपालले कुनै निर्णय गर्न नसक्ने परिस्थिती देखिएको छ।

१९ औं सार्क शिखर सम्मेलन स्थगित हुनुमा भारत जिम्मेवार रहेको पाकिस्तानी प्रधानमन्त्रीका विदेश नीति सल्लाहकारले बताएका थिए। ‘नोभेम्बरमा सार्क शिखर सम्मेलन आयोजना गर्न पाकिस्तान तयार थियो। तर भारतले सार्क वडापत्र उल्लघंन गरेपछि सार्कको प्रक्रिया अवरुद्ध हुन गयो र सम्मेलन स्थगित भयो,’ उनले थापासँग भने।

सार्कमार्फत् क्षेत्रीय सहकार्य अघि बढाउन पाकिस्तान प्रतिबद्ध रहेको पाकिस्तानी प्रधानमन्त्रीका विदेश नीति सल्लाहकारले भेटमा बताएका थिए। ‘सार्कमार्फत् दक्षिण एसियाका जनताको हकहित, उनीहरुको गुणस्तरीय जीवन, आर्थिक प्रगति, सामाजिक उन्नति र सांस्कृतिक सहकार्यका लागि काम गर्न पाकिस्तान प्रतिबद्ध छ,’ उनले भेटमा भने। विद्यमान विभिन्न चुनौती र अवरोधका कारण सार्कले आफ्नो भिजन अनुसार काम गर्न नसकेको उनले बताएका थिए।

‘सार्क सचिवालयले सार्कका सबै सदस्य देशलाई एकैठाउँमा ल्याएर सार्कका कार्यक्रम र गतिविधिलाई प्रभावकारी रुपमा समयमै आयोजना गर्न सुनिश्चितता गर्न उत्प्रेरकको भूमिका खेल्न सक्छ। यसले सिंगो दक्षिण एसिया क्षेत्रकै फाइदा गर्छ’, अजिजले भेटमा भने।

भेटमा सार्क महासचिव थापाले वर्तमान कठिनाइ पार गर्दै इस्लामावादमा सक्दो चाँडो सार्क शिखर सम्मेलन हुने अपेक्षा व्यक्त गरेको प्रेस ट्रस्ट अफ इन्डियाले जनाएको छ।
पाकिस्तानी विदेश सचिव चौधरीले थापाले सार्क महासचिवका रुपमा पु¥याएको योगदानको चर्चा गर्दै सार्कका उद्देश्य प्राप्तिका लागि पाकिस्तानको प्रतिबद्धता जाहेर गरे।

‘सार्क सदस्य देशका द्विपक्षीय र आन्तरिक राजनीतिक बिषहरु सार्कका साझा मुद्दा बन्न दिनु हुँदैन। सार्कलाई ट्रयाकमा ल्याउन सार्क शिखर सम्मेलन चाँडै हुन आवश्यक छ,’ चौधरीले भेटमा भने।

थापाको भ्रमणका क्रममा पाकिस्तानी विदेश मन्त्रालयले दिवाभोज पनि आयोजना गरेको थियो। दिवाभोजमा पाकिस्तानद्वारा सार्क महासचिव प्रस्तावित अहमजाद सियाल पनि सहभागी थिए। सार्कका वर्तमान महासचिव थापाको कार्यकाल फेब्रुअरी २८ मा सकिँदैछ। उनी सार्कका १२ औँ महासचिव हुन्। थापालाई सियालले प्रतिस्थापन गर्नेछन्।

भारतले गत नोभेम्बरका लागि निर्धारित सार्क शिखर सम्मेलनमा सहभागी हुन नसक्ने बताएपछि स्थगित हुन पुगेको सार्क शिखर सम्मेलन आयोजनाका बिषयमा सार्क सदस्य देशहरुबीच सहमति हुन सकेको छैन। भारतसँगको परामर्शपछि बंगलादेश, अफगानिस्तान र भुटानले सार्क शिखर सम्मेलनमा सहभागी नहुने निर्णय लिएका थिए।

भारतीय नियन्त्रित कस्मिरको उरीमा गत अक्टोबरमा १९ जना भारतीय सैनिक जवान मारिने गरी भएको आतंकवादी हमलामा पाकिस्तानको हात रहेको भारतीय दाबी छ। पाकिस्तानले उक्त आरोप खण्डन गर्दै आएको छ। त्यसपछि भारतले सार्क शिखर सम्मेलनका लागि क्षेत्रीय वातावरण नरहेको बताएको थियो।

सार्क अध्यक्ष देश नेपालले पनि भारतकै धारणामा सहमति जनाउँदै सार्क शिखर सम्मेलन गर्न वातावरण नरहेको बताएपछि अनिश्चित कालसम्म सार्क स्थगित भएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.