हेलकोप्टर लङलाइन रेस्क्यूमा नेपाली जनशक्ति थपिँदै
काठमाडौः आपतविपतमा हेलिकप्टरबाट झुण्डिएर गरिने लङलाइन रेस्क्यूका लागि नेपाली जनशक्ति उत्पादन गरिने भएको छ । सिम्रीक एयरसँग सहकार्य गरी थप आठ राष्ट्रिय पर्वतीय पथप्रदर्शकलाई पर्वतीय रेस्क्यू उद्धारकर्ता तालिम दिन शुरु गरीएको छ ।
नेपाली जनशक्ति न्युन भए पछि आठ हिमाल विषेशज्ञा युवालाई तालिम दिन थालिएको हो । हेलिकप्टर लङलाइन रेस्क्यू तीन बर्ष यता देखि सिम्रीक एयरले मात्रै गर्दै आएको छ । आइतबार देखि एल्पाइन रेस्क्यू फाउण्डेशन (एआरएफ) स्वीजरल्याण्डको सहयोगमा सात दिने तालिम शुरु भएको हो । तालिमले प्रशिक्षक उद्धारकर्ता उत्पादन गरिने तालिम संयोजक छिरिङतोप्ग्ये बज्रचार्यले बताए ।
लङलाइन रेस्क्यूले हेलिकप्टर बस्न नसक्ने स्थानमा डोरीको सहायताले उद्धार गर्ने, हिमाल आरोहणका क्रममा हिउमा फसेका, आपतविपतमा परेकाहरुलाई उद्धार गरी सुरक्षित स्थानमा पुर्याउने गरिन्छ । नेपालमा यो पहिलो प्रयास भएकाले जनशक्ति अभावसँगै उद्धार प्रशिक्षक उत्पादन गरिएको प्रशिक्षक छिरिङ पाण्डे भोटले बताए । एल्पाइन रेस्क्यू फाउण्डेशन स्वीजरल्याण्डबाट तालिम लिएका नेपालका दक्ष रेस्क्यू प्रशिक्षक जनशक्ति पेम्वा ग्याल्जे शेर्पा, छिरिङ पाण्डे भोटे, लाक्पा नुर्वु शेर्पा र छिरिङ डेन्डुक भोटेले तालिममा सहजीकरण गर्ने आयोजकले जनायो ।
तालिममा रेस्क्यू हेलिकप्टर विषेशज्ञा पाइलट क्याप्टेन सिदार्थ जे गुरुङ, सुरेन्द्र पौडेल र टेक्नीसियन उत्तम चौधरीले प्रशिक्षण दिने छन् । तालिममा एल्पाइन रेस्क्यू फाउण्डेशन स्वीजरल्याण्डका प्रमुख रेस्क्यू विषेशज्ञा रिचार्ड लेहनर र पाइलट डेनिल अउफडेनव्लाटेन मुख्य प्रशिक्षक रहने छन् । सर्च एण्ड रेक्यू एसोसिएसन अफ नेपाल (सारोन) र नेपाल राष्ट्रिय पर्वतीय पथप्रदर्शक संघले तालिमलाई संयोजन गरेको छ । आयोजकले राष्ट्रिय पर्वतीय पथप्रदर्शक आङदावा, फुर्तेम्वा, पासाङकाजी, मिङमाछिरी, रितेनजङबु शेर्पा, विनायक जय मल्ल, पिम्वा छिरिङ लामा र नरन्द्र शाही लाई तालिम दिई दक्ष प्रशिक्षक रेस्क्यू उत्पादन गर्ने जनायो ।
तालिममा उद्धारकर्ता र पाइलटको सहकार्यमा कसरी उद्धार गरी सुरक्षित स्थानसम्म पुर्याउने जानकारी कसरी दिने, हिमालमा सुरक्षा सर्तकता कसरी अपनाउने, हेलिकप्टरसँग कसरी सतहीसम्म पुगेर उद्धार गर्ने जस्ता प्रयोगात्मक प्रशिक्षण समेत दिइने पाइलट सिदार्थ जे गुरुङ्गले बताए । नेपालमै नेपाली टोलीको नेतृत्वमा सिम्रीक एयरले जनशक्ति उत्पादन गरी तीन बर्ष देखि रेस्क्यू गर्दै आएको क्याप्टेन गुरुङ्गले बताए ।
रेस्क्यू नेपाल आवस्यक भए पछि सिम्रीक एयरले कम्पनी नितीनै वनाएर सक्षम जनशक्ति छनौट गरी, तालिम, सामाग्री जुटाएर काम शुरु गरेको उनले बताए । हाल सिम्रीक एयरसँग दक्षजनशक्तिका रुपमा चार पाइलट, चार रेस्क्यू विशेषज्ञा नेपाली टोली छन् । केही बर्ष अघि इटाली पाइलटले प्रयास गरेका थिए तर निरन्तरता पाउन सकेन ।