संसारमै लोकप्रिय आठ पेसा

संसारमै लोकप्रिय आठ पेसा

हरेक काम समान हुन् भनिन्छ । काम ठूलो र सानो भन्ने हुँदैन । कस्तो काम गर्ने भन्ने पनि मानिसको व्यक्तिगत रुचिमा भरपर्छ । यद्यपि संसारभर नै मानिसका रुचि हुने पेसा सीमित छन् । त्यसमध्ये लोकप्रिय आठ पेसा निम्न छन्ः

चिकित्सक
चिकित्सक संसारभर नै लोकप्रिय पेसा हो । यो सम्मानित एवं लाभदायक पेसा हो । नेपालमा जीव विज्ञानमा प्लस टु गरेपछि यो विषय मेडिकल साइन्स पढ्न पाउने व्यवस्था छ ।

सीईओ
प्रमुख कार्यकारी अधिकृत (सीईओ) कुनै पनि संस्थाको निर्णयकर्ता, नेतृत्वकर्ता र व्यवस्थापक हो । कम्पनीको सम्पूर्ण निर्णय गर्ने अधिकार उसँग हुन्छ । सीईओकै दृष्टि, उत्साह र नेतृत्व क्षमताले नै कम्पनीको सफलता, असफलता निर्भर हुन्छ । यो पदमा पुग्नका लागि वर्षौंको अनुभव, मेहनत र तालिम आवश्यक पर्छ ।

फर्मासिस्ट
यो स्वास्थ्यसँग जोडिएको पेसा हो । चिकित्सकले तोकेको औषधि बिरामीलाई बेच्नु, उसलाई औषधिको नियमिततता कायम गर्न सघाउने उसको काम हो ।

मार्केटिङ म्यानेजर
कम्पनीको उत्पादनलाई उपभोक्ताबीच पुर्‍याउने, बिक्री बढाउने गरी रणनीति तयार गर्ने काम मार्केटिङ म्यानेजरले हो । उपभोक्तामाझ उत्पादनको बिक्री, वितरण बढाउने नीति तय गर्न कम्पनीले यस्ता म्यानेजर राख्ने गर्दछ ।

आईटी म्यानेजर
यो समय सूचना प्रविधिको हो । आईटी म्यानेजर त्यसैसँग सम्बन्धित पेसा हो । आईटी म्यानेजरहरूले सफ्टवेयर र कम्युटर प्रणालीको डिजाइन गर्ने गर्दछन् । आईटी म्यानेजरहरूले निश्चित कम्पनीको सम्पूर्ण कम्प्युटर प्रणाली, सुरक्षा रणनीतिको व्यवस्थापनदेखि नयाँ सफ्ट्वेयर निर्माणसम्म गर्छन् ।

कानुन व्यवसायी
व्यक्तिगत र संस्थागत कानुनी सल्लाह दिने, मुद्दा लडिदिने काम कानुन व्यवसायीको हो । जीवन झन्झन् जटिल बन्दो छ त्यसैले मानिसलाई व्यक्तिगत रूपमा पनि कानुनी समस्याहरू आइरहन्छन् । त्यस्तै व्यवसायको बढ्दो दायराको कारणले व्यावसायिक संस्थाहरूलाई पनि कानुन व्यवसायीको खाँचो परिरहन्छ ।

फाइनेन्सियल म्यानेजर
फाइनेन्सियल म्यानेजरले कम्पनीहरूलाई वित्तीय व्यवस्थापन गर्न सहयोग गर्छन् । कम्पनीको सम्पूर्ण वित्त व्यवस्थापन गर्ने, लक्ष्य तयार गर्ने र कम्पनीलाई फाइदा हुने रणनीति तय गर्ने उनीहरूको कर्तव्य हो । यो घन्टौंसम्म खटेर गर्नुपर्ने काम हो ।

बिजनेस अपरेसन म्यानेजर
बिजनेस अपरेसन म्यानेजरले कम्पनीको दैनिक कार्य विश्लेषण गर्छ । यो पदमा पुग्नका लागि अनुभव, तालिम र नेतृत्वकला चाहिन्छ । यो पदमा बसेको मानिसले कम्पनीको गतिविधिसँगै आफू मातहत सयौं कर्मचारीको व्यवस्थापन गर्नुपर्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.