निर्वाचन एकमात्र विकल्पः सचिव भट्टराई
नेपालगन्जः नेकपा (एमाले)का सचिव योगेश भट्टराईले संविधान कार्यान्वयनका लागि निर्वाचन एकमात्र विकल्प भएको बताएका छन्।
प्रेस चौतारी नेपालको १९औँ स्थापना दिवसका सन्दर्भमा नेपालगञ्जमा आयोजित कार्यक्रममा उनले भने– ‘संविधान संशोधन मुलुकको आवश्यकता होइन, यो हठातमा ल्याइएको राजनीतिक चालबाजी मात्र हो ।’ उनले भने ।
सचिव भट्टराईले संविधान निर्माणपछि मुलुक राजनीतिक धु्र्वीकरणमा जानु राम्रो सङ्केत नभएको बताउँदै संविधान कार्यान्वयन गर्न सकिए धु्रवीकरण पनि स्वतः अन्त्य हुने बताए । रासस