शून्य समयमा स्थानीय समस्याबारे सरकारको ध्यानाकर्षण
काठमाडौँ: व्यवस्थापिका-ससद्को आजको बैठकमा सांसदहरुले मुलुकको समसामयिक राजनीतिक अवस्था र आ-आफ्ना जिल्लाका समस्याबारे सदन र सरकारको ध्यानाकर्षण गराएका छन्।
उनीहरूले शिक्षा, स्वास्थ्य, खानेपानी, वन संरक्षण, चोरी तस्करी नियन्त्रण, भूकम्पपीडितलाई गृह निर्माणको रकम तत्काल उपलब्ध गराउनुपर्ने, स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदन सदनसमक्ष प्रस्तुत गर्नुपर्नेमा जोड दिए।
एक मिनेटभित्रमा आफ्ना अभिव्यक्ति प्रस्तुत गर्नुपर्ने नियम पालना गर्न नसक्दा शून्य समयमा बोल्ने अधिकांश सांसदलाई वाक्य पूरा गर्न हम्मेहम्मे परेको थियो।
शून्य समयमा सांसदहरू बलबहादुर महत, बलराम अधिकारी, बहादुरसिंह थापा, बुद्धिसागर चौधरी, भक्तबहादुर विश्वकर्मा, भरतबहादुर खड्का, यज्ञराज सुनुवार, रञ्जनाकुमारी सरदार र रञ्जना श्रेष्ठलायत थिए। रासस