माघ २५ भित्र निर्वाचनको मिति घोषणा गर्नुपर्छः पौडेल 

माघ २५ भित्र निर्वाचनको मिति घोषणा गर्नुपर्छः पौडेल 

काठमाडौः नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले व्यवस्थापिका-संसद्बाट स्थानीय निर्वाचनका लागि आवश्यक सबै कानुन पारित गराई यही माघ २५ भित्र निर्वाचनको मिति घोषणा गरिसक्नुपर्नेमा जोड दिएका छन् ।

काँग्रेसको भ्रातृ संघ जनसम्पर्क समिति दक्षिण कोरियाको कार्यक्रममा सहभागी भई सोमबार स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसित कुरा गर्दै अगामी जेठभित्र स्थानीय निकायको निर्वाचन भएमा मंंसिरमा प्रदेशसभा र संसद्को निर्वाचन सम्पन्न हुनसक्ने बताए ।

उनले भने ‘संविधानलाई कार्यान्वयन गर्न निर्वाचनको अर्को विकल्प छैन, यसमा दलहरु गम्भीर बन्नुपर्छ ।’ नेता पौडेलले संविधान संशोधन नभई चुनाव हुन सक्दैन भन्ने मधेसी मोर्चाको भनाइ, संशोधन नगरी निर्वाचनमा जानुपर्छ भन्ने एमालेको हठ र दुवैलाई मिलाएपछि मात्र निर्वाचन भन्ने प्रधानमन्त्री पुष्पकमल दाहालको भनाइले कसरी निर्वाचन हुन्छ भन्ने प्रश्न गरे ।

स्थानीय निकाय पुनःसंरचना आयोगको प्रतिवेदनबारेमा मधेसी मोर्चाले भनाइ सार्वजनिक गर्न माग गर्दै उनले सबै दल मिलेर निर्वाचन जानुपर्ने बताए । रासस


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.