इटहरीमा प्रहरी र डाँका समूहबीच भीडन्त, तीन घाइते

इटहरीमा प्रहरी र  डाँका समूहबीच भीडन्त, तीन घाइते

सुनसरी: इटहरीमा डाका समूह र प्रहरी भीडन्त दोहोरो भीडन्त भएको छ। भीडन्तमा डाका समूहका तीन जना घाइते भएका छन्।

इटहरी उपमहानगरपालिकास्थित खनारको नहर डिलमा डाका समूह र प्रहरी भीडन्त भएको सुनसरीका प्रहरी प्रमुख कोषराज पोखरेलले बताए।

उनका अनुसार घाइते हुनेमा इटहरी-१३ का करिस्मा सरदार, मोरङका श्रवण सरदार र सतन पासवान रहेका छन्। लुटपाट गरिरहेको सुराकीको आधारमा प्रहरी स्टनास्थलमा पुगेपछि डाका समूहलाई नियन्त्रणमा लिन प्रहरीले ११ राउण्ड गोली चलाएको पोखरेलले बताए।

प्रहरीले उनीहरुको साथबाट चार वटा पेस्तोल, लागू औषध, एकथान मोटर साइकल र दुई थान मोबाइल बरामद गरेको छ। प्रहरीको निगरानीमा घाइतेहरुको
विपी कोइराला विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।

लुटेरा र डाकाहरुको समूहले विभिन्‍न समयमा सुनसरी लगायतका ठाउँमा लुटपाट र डकैती गर्दै आएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.