ट्रम्पको बेलायत भ्रमण रोक्‍न १० लाख हस्ताक्षर

ट्रम्पको बेलायत भ्रमण रोक्‍न १० लाख हस्ताक्षर


एजेन्सी: ६ मुस्लिम राष्ट्रका आप्रवासीहरुलाई अमेरिकामा प्रवेश निशेषको घोषणा गरेका अमेरिकि राष्ट्रपति डोनाल्ड ट्रम्पको बेलायत भ्रमण रोक्‍न हस्ताक्षर अभियानमा जुटेका छन्। उनीहरुले मुस्लिमलाई अमेरिकामा रवक लगाए जस्तो बेलायत प्रवेशमा ट्रम्पलाई निषेध भनेर १० लाख हस्ताक्षर संकलन गरिसकेका छन्।

ट्रम्पविरुद्धको हस्ताक्षर अभियान तीव्रगतिले बढिरहेको बीबीसीले जनाएको छ। यसअघि बेलायतकी प्रधानमन्त्री टेरीजा मेले अमेरिका भ्रमणको बेला ट्रम्पलाई बेलायत आउने निम्ता गरेकी थिइन्।



हस्ताक्षर अभियानकर्ताहरुले ट्रम्पलाई बेलायतमा निम्त्याउनाले बेलायतबासीको बेइजत हुने भन्‍दै ट्रम्पको भ्रमण स्थगित गर्न आग्रह गरेका छन्। बेलायतका लेबर पार्टीका नेता जेरेमी कोर्बिनले हस्ताक्षरकर्ताको अभियानलाई समर्थन गरेका छन्। उनले भनेका छन्, 'ट्रम्प बेलायत आउन पाउनुपर्छ तर उसले अमेरिकाको राष्ट्रपतिको हैसियतले भने बेलायत भ्रमणमा आउन पाउँदैन।यदि महारानीले ट्रम्पको स्वागत गरेमा जनताको जनरमा फेल हुने छिन्।'

 

यस्तै लिबरल डेमोक्रेटिकका नेता टिम फारोनले पनि हस्ताक्षरकर्ताको अभियानलाई समर्थन गर्दै डोनाल्ड ट्रम्पको नैतिकतामाथि नै प्रश्‍न गरेका छन्। उनले भनेका छन्, 'ट्रम्प अमेरिकाको लागि मात्रै नभएर विश्‍वकै लागि खराब नेतामा चिनिसकेका छन्। उनले महिलाला हेर्ने नजर नै अश्लील छ। यसकारण बेलायतीमहारानी र वा राजकुरमारको तर्फबाट स्वागत गर्न योग्य छैन। स्वागत गरिए बेलायतकै खिल्‍ली उडाउनेछ।'

बेलायत सरकारले प्रत्येक वर्ष राज्य भ्रमणका लागि विभिन्‍न देशका राष्ट्रप्र मुखहरुलाई बोलाउने चलन रहेको छ। यसमा बेलायती महारानीले प्रत्येक वर्ष एक वा दुई देशका प्रमुखलाई भ्रमणमा स्वागत गर्दै आएकी छिन्।

यता, बेलायतमा ६ महिनाभित्र एक लाखले हस्ताक्षर गरेको कुनै पनि ज्ञापनपत्रमाथि त्‍यहाँका जनप्रतिनिधिहरुले संसद्‌मा बहस गर्नुपर्ने प्रावधान छ। तर ट्रम्प आउनु अघि नै हस्ताक्षर अभियानकर्ताले उनको विरोधमा १० लाख हस्ताक्षर संकलन गरिसेका छन्।

यसका साथै बेलायतीहरुले सोमबार दिउँसो मुस्लिम राष्ट्रहरुमाथि रोक लगाएको विरोधमा डाउनिङ स्ट्रटमा प्रदर्शन र नाराबाजी गरेका छन्।

यता, अमेरिकाको न्यूयोर्क, चिकागो, डेट्रोइट, माइमी, लस एन्जल्स, बोस्टन, पिटर्सबर्ग र वासिङटन डिसीमा समेत ट्रम्पको आप्रवासी रोक्‍ने फैसलाविरुद्ध मानिसहरु सडकमा उत्रिएका छन्। उनीहरुले सामाजिक सञ्जालमा नोब्याननोवाल (#NoBanNoWall') ह्यासट्याग अभियान चलाएका छन्।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.