हिमानीले दिलाइन् छोरी पूर्णिकालाई नागरिकता
काठमाडौं: पूर्वयुवराज्ञी हिमानी शाहले छोरी पूर्णिका राज्यलक्ष्मी शाहलाई सोमबार नागरिकता दिलाएकी छन्।
काठमाडौस्थित जिल्ला प्रशासन कार्यालय पुगेर उनले छोरी पूर्णिकालाई नागरिकता दिलाएकी हुन्।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडीले १६ वर्ष पुगेकी पूर्णिकालाई सोमबार जिल्ला प्रशासन कार्यालयमा 'नेपालको नागरिकता' प्रदान गरेको राजपरिवार स्रोतले जानकारी दिएको छ।
उनलाइ नागरिकता दिलाउन हिमानीकी सहयोगी स्मिता सिंह जिल्ला प्रशासन कार्यालय पुगेकी थिइन्।