नेचर रिट्रिट टुर एन्ड ट्राभल्सको स्वास्थ्य टुर प्याकेज

नेचर रिट्रिट टुर एन्ड ट्राभल्सको स्वास्थ्य टुर प्याकेज

काठमाडौं : देश विदेशमा टुर प्याकेज गराउँदै आएको नेचर रिट्रिट टुर एन्ड ट्राभल्सले विशेष टुर प्याकेज ल्याएको छ। आन्तरिक तथा वाह्य पर्यटकलाई आकर्षित गर्ने उद्देश्यसहित कम्पनीले स्वास्थ्य सेवा प्याकेज ल्याएको हो।

कम्पनीका प्रबन्ध निर्देशक अभिषेक अर्यालका अनुसार पाँच दिन र सात दिनको टुर प्याकेजमा स्वास्थ्य उपचारसमेत उपलब्ध हुनेछ । यो प्याकेजमा पर्यटकले घुमफिरसँगै स्वास्थ्योपचार गर्न पाउनेछन् । नेपालमै पहिलो पटक नौलो खालको प्याकेज ल्याएको उनको दाबी छ।

कम्पनीले थाइल्यान्ड, मलेसिया, सिंगापुर हुँदै युरोपसम्म यो प्याकेज बिक्री गर्ने बताएको छ । हाडजोर्नी र नशासम्बन्धी उपचारसहितको यो प्याकेजका लागि प्रतिपर्यटक ५० हजार शुल्क तोकिएको छ।

थाइल्यान्डलगायतका विभिन्न मुलुकबाट नेपाल आउने पर्यटकका लागि योगा चिकित्सा, थेरापीजस्ता प्राकृतिक उपचारको व्यवस्था मिलाएको अर्यालले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.