अपांगमैत्री बस सञ्चालन
काठमाडौंः राजधानीका विभिन्न स्थानमा चल्ने अपांगमैत्री बस आइतबारदेखि सञ्चालनमा आएको छ । काठमाडौंको बनस्थली, नारायणगोपाल चोक, बालुवाटार, पुतलीसडक, माईतिघर,कोटेश्वर हुँदै पेप्सिकोला,काँडाघारी, गान्धीमोडसम्म बस सञ्चालन हुने भएको छ ।
उक्त मेट्रोका बस बसुन्धारा माइक्रो व्यावसायी समितिले संचालनमा ल्याएको हो । ह्लीचियर क्याप भएका बसमा ४० सिट रहेका छन् भने यात्रुलाई उभिनको लागि पनि पर्याप्त स्थान रहेको छ ।
अपांगलाई समेत यात्रामा सहजता प्रदान गर्न अपांगमैत्री बस सञ्चालनमा ल्याइएको समितिले जनाएको छ । बस सञ्चालन भएपछि काडाँघारीका स्थानीयवासिन्दाहरु हर्षित भएका छन् ।