यस्तो छ अन्नपूर्ण साइकल र्‍यालीको रुट

यस्तो छ अन्नपूर्ण साइकल र्‍यालीको रुट

काठमाडौः अन्नपूर्ण पोस्टले माघ २२ गते( आउँदो शनिबार) गर्ने साइकल र्‍यालीका लागि रुट तय गरेको छ ।

साइकल र्‍याली अन्नपूर्ण पोस्टको तीनकुने कार्यालयबाट सुरु भएर बानेश्वर, थापाथली हुँदै जाउलाखेल पुग्ने छ । र्‍याली जाउलाखेलबाट कान्तिपथ हुँदै तीनकुने अन्नपूर्ण पोस्ट कार्यालय परिसरमा अाएर समापन हुने भएको छ ।  जाउलाखेलबाट पुल्चोक, कुपन्डोल,थापाथली, त्रिपुरेश्वर, सहिद गेट हुँदै कान्तिपथ पुग्ने छ । त्यस्तै कान्तिपथबाट हात्तिसार, भद्रकाली, सिंहदरबार,माइतीघर, नयाँ बानेश्वर हुँदै तीनकुने अन्नपूर्ण पोस्टको कार्यलय परिसरमा पुग्ने छ ।

क्यान्सरको पहिचान, उपचार र रोकथामका लागि जनचेतना जगाउन फेब्रुअरी ४ लाई हरेक वर्ष विश्वभरि नै क्यान्सरबिरुद्धको दिवस मनाइन्छ । अन्नपूर्ण केही वर्षयता हरेक वर्ष यस दिन क्यान्सरबिरुद्ध सर्वसाधारणलाई सचेत गराउन साइकल र्‍याली आयोजना गर्दै आएको छ । अघिल्लो वर्षको र्याबलीमा हजारौं साइक्लिस्टहरू उपस्थित थिए । र्‍यालीको नारा 'राइड फर लाइफ' रहेको छ ।

पछिल्लो समयमा भयावह रोगका रूपमा फैलिँदै गएको क्यान्सर समयमै पहिचान गरेर उपचार गर्दा पूर्णतयाः निको हुने भएकाले यसबारे चेतना जगाउन कार्यक्रम आयोजना गरिएको अन्नपूर्णले जनाएको छ । अन्नपूर्णले यस वर्षदेखि पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण अभियानसमेत थालेको छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.