६ महिनामा सडक दुर्घटनामा सयबढीको मृत्यु

६ महिनामा  सडक दुर्घटनामा सयबढीको मृत्यु

बाँके: मध्यपश्चिमाञ्चलमा सडक दुर्घटनामा परी गत छ महिनामा एक सय १६ जनाको मृत्यु भएको छ।

मध्यपश्चिमाञ्चल क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय कोहलपुरको पछिल्लो तथ्याङ्कअनुसार सडक दुर्घटनामा परी दुई सय ३० जना घाइते भएका छन्।

आव २०७२/७३ को साउनमा नौ, भदौमा सात, असोजमा २३, कात्तिकमा २२, मङ्सिरमा २५ र पुसमा २० जनाको सडक दुर्घटनामा परी मृत्यु भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय कोहलपुरले जनाएको छ।

मृत्यु हुनेमा पुरुषको सङ्ख्या बढी छ। सो कार्यालयका अनुसार सडक विस्तारसँगै मुख्य रुपमा चालकको लापर्बाहीले गर्दा नै सडक दुर्घटना हुने गरेको छ।

चालकले मापसे गरेर सवारी साधन चलाउने र धेरैजसो चाडपर्वमा बढी दुर्घटना हुने गरेको छ। त्यस्तै ठूलाभन्दा साना सवारी साधन बढी दुर्घटना परेका छन्। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.