विद्यालय व्यवस्थापन समिति चयनमा अभिभावकबीच कुटाकुट

विद्यालय व्यवस्थापन समिति चयनमा अभिभावकबीच कुटाकुट

बैतडी : न्वाली गाविसको भूमिराज प्राविमा विद्यालय व्यवस्थापन समिति चयनमा विवाद हुँदा अभिभावकबीच कुटाकुट भएको छ । अध्यक्ष पदका लागि कुटाकुट भएको बताइएको भएपनि विद्यालयले भने गैर अभिभावकले अभिभावकमाथि कुटपिट गरेको बताएको छ।

‘सोमबार दिउँसो विद्यालय व्यवस्थापन समिति चयनका लागि अभिभावको भेला बोलाइएको थियो । एक्कासी गैरअभिभावकले आएर विद्यालयका कर्मचारी तथा अभिभावकमाथि कुटपिट गरे।’

विद्यालयका शिक्षक कल्यानसिंह ऐरीले भने, ‘कुटपीटबाट विद्यालयका कार्यालय सहयोगी प्रेमसिंह ऐरी र अभिभावक बहादुरसिंह ऐरी घाइते भएका छन् ।’

कुटपिटमा संलग्न रहेको भन्दै प्रहरीले प्रेमसिंह, शेरसिंह, मोहनसिंह, जयसिंह ऐरी र रमेश ऐरीलाई नियन्त्रणमा लिएको छ । विद्यालय व्यवस्थापन समिति चयनमा विवादसँगै कुटपिट भएपछि घाइते भएका र कुटपिटमा संलग्नलाई सोधपुछका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले बताए । उनले भने ‘दुवै पक्षबीच छलफल गर्छौं त्यसपछि मात्रै विवादको कारण पत्ता लाग्न सक्छ ।’

विद्यालय व्यवस्थापन समिति चयनमा विवाद भएपछि सोमबारदेखि नै विद्यालयमा पठनपाठन अवरुद्ध भएको शिक्षक कल्यानसिंह ऐरीले बताए । शिक्षा ऐनको आठौं संशोधन अनुसार जिल्ला शिक्षा कार्यालयले जिल्लाका सबै विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठन गरिसक्न निर्देशन दिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.