एप्पल वर्ल्डकाे एक्सचेन्ज अफर
काठमाडौः एप्पल वल्र्ड मोबाइल प्रालिले ‘एक्सचेन्ज धमाका रिटर्न’ अफर ल्याएको छ । माघ १८ गतेबाट लागू हुनेगरि सञ्चालनमा ल्याइएको उक्त योजना आगामी फागुन १० गतेसम्म चल्नेछ । उक्त अवधिमा एक हजारभन्दा बढी मोबाइल एक्सचेन्ज हुने अनुमान गरिएको छ ।
दरबारमार्गस्थित मर्कन्टायल प्लाजामा रहेको एप्पल वल्र्ड मोबाइलले बजार मूल्यभन्दा सस्तोमा कारोबार गरिरहेको कम्पनीका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले बताएका छन् । ६० मिनेटमै मोबाइल मर्मतको सुविधा दिइरहेको एप्पल वल्र्ड मोबाइलले भ्यालेन्टाइन डेसम्मका लागि जुनसुकै पनि पुराना मोबाइल एक्सचेन्ज गर्दै नयाँ मोबाइल खरीद गर्ने मौका प्रदान गरेको हो ।
यसैगरी एलजीको एल ६० मोबाइल किन्दा अर्को मोबाइल फ्रिमा दिने अफर पनि ल्याएको छ । त्यस्तै यूएमआईको ४ जीबी र्याम र ६४ जीबी रोम रहेको सुपर मोबाइलको खरिदमा यूएमआईकै लन्डन मोबाइल सित्तैमा दिने ग्लाइडरले बताए ।
उक्त अवसरमा जुनसुकै मोबाइलमा पनि विशेष छुट तथा मोबाइल मर्मतमा लाग्ने शुल्कमा ५० प्रतिशत छुट दिइनेछ । कम्पनीले सोमबार दसैंतिहारमा मोबाइल खरिद गर्नेमध्येबाट विजेता जनकप्रसाद ढकाललाई फ्यासिनो स्कुटर हस्तान्तरण गरेको छ । यसैगरी बेनु प्रसाईले ४६ इन्चको सामसुङ टीभी र कुमार चन्दले हुवावेको पी ९ मोबाइल पाएका थिए ।