सनराइजको इलाम शाखा स्थानान्तरण

सनराइजको इलाम शाखा स्थानान्तरण

काठमाडौः सनराइज बैंक लिमिटेडले इलाम शाखालाई स्थानान्तरण गरेको छ । इलामकै सोही ठाउँमा स्थानान्तरण भएको उक्त शाखाको उद्घाटन इलामका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले गरेका थिए । सो अवसरमा बैंकका नायव महाप्रबन्धक रविन नेपाल पनि उपस्थित थिए ।

बैंकले सेवालाई छिटोछरितो ग्राहकसमक्ष पुर्‍याउने उद्देश्यका साथ पायक पर्ने स्थानमा उक्त शाखा स्थानान्तरण गरेको बैंकले जनाएको छ । उक्त शाखाबाट ग्राहकलाई लकर सेवासमेत उपलब्ध गराइएको छ । हाल बैंकले मुलुकभर ६७ वटा शाखा र ७२ वटा एटीएमद्वारा सर्वसुलभ सेवा प्रदान गर्दै आएको छ ।

साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, चितवन मेडिकल कलेज नारायणघाट र मलेसिया भीएलएन उत्तरढोका काठमाडौंमा एक्सटेन्सन काउन्टर तथा १३ वटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.