अमेरिकी पूर्वराष्ट्रपति बुस घर फिर्ता
अमेरिका : छातीमा सङ्क्रमण भएपछि अस्पताल भर्ना भएका अमेरिकी पूर्वराष्ट्रपति जर्ज एच. डब्लु बुस अस्पातालबाट डिस्चार्ज भएका छन्।
उनलाई गत पुस पाँच गते होस्टन अस्पतालमा लगिएको उनको कार्यालयद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ । उनको स्वास्थ्य अवस्थामा राम्रो सुधार भएपछि उनलाई घर फर्काइएको अस्पताल स्रोतको दाबी छ।
उजलाई स्वासप्रस्वासमा अप्ठर्यारो महसूस भएपछि पूर्व सावधानीस्वरुप अस्पताल भर्ना गरिएको उनको कार्यालायले प्रकाशन गरेको विज्ञप्तिमा उल्लेख छ।
उनले गत जुन महिनामा ९२ वर्षको जन्मदिन मनाएका थिए। थियो । अस्पताल भर्ना गरिएपछि सार्वजनिक गरिएको स्वास्थ्य बुलेटिनमा उनको स्वास्थ्यमा त्यति धेरै समस्या नरहेको उल्लेख गरिएको थियो ।
उनी सन् ९८८१ देखि १९८९ सम्म अमेरिकाको ४१औँ राष्ट्रपति राष्ट्रपति बनेका थिए। पूर्वराष्ट्रपति बुस अस्पताल भइरहेकै बेला उनकी श्रीमती बारबारा पनि अस्पताल भर्ना भएकी थिइन्।
९१ वर्षीय श्रीमती बुसलाई श्वासप्रश्वास सम्वन्धी समस्या देखिएको थियो । उनी एक हप्ता अगाडि मात्रै डिस्चार्ज भएकी थिइन् । एजेन्सी