भारतीय राजदूत नआउँदा कार्यक्रम स्थगित

भारतीय राजदूत नआउँदा कार्यक्रम स्थगित

इलाम: दुई दिनदेखि चिसिएको मौसम। त्यसै पनि चिसो कन्याम। भारतीय राजदूत रञ्जित रे इलाम आउने खबर सुनेपछि होटेल एसोसिएसन इलामका अध्यक्ष टीका ओडारी मंगलबार बिहानैदेखि रेको स्वागतका लागि तम्तयारमा थिए। उनकै होटेल कन्याम इनमा रेले खाना खाने योजना थियो।उनले मालादेखि फलफूल र खाना जुटाएका थिए।चार बजे उनले सुनाए, ‘उहाँ आउनु भएन।'

ओडारीजस्तै पखाईमा परे सूर्योदय नगरपालिकाका दुई विद्यालयका विद्यार्थी, अभिभावक र जिल्लाका प्रशासकसहितका व्यक्तित्व।रेको इलामका दुई विद्यालयमा भारत सरकारको सहयोगमा निर्माण भएका भवनको उद्घाटन गर्ने कार्यक्रम थियो।सूर्योदय नगरपालिकाका कार्यकारी अधिकृत राजेन्द्र भट्टराईले खराब मौसमका कारण रे कार्यक्रममा आउन नसकेको बताए। प्रमुख अतिथि नै नआएपछि दुईबटै विद्यालयका कार्यक्रम रोकिएका छन्।

रेले कन्याम इनमा खाना खाएपछि दिउँसो एक बजे फिक्कल उच्च माविमा निर्माण गरिएको १ करोड ६८ लाखको भवन उद्घाटन गर्ने कार्यक्रम थियो। भारतको सहयोगमा बनेको ३ तले भवनमा नौ कोठा र ६ शौचायल रहेको प्रधानाध्यापक गंगा महतले जानकारी दिए। फिक्कलमा स्थानीयको भव्य उपस्थिति रहेको महतले जानकारी दिए।

फिक्कलको कार्यक्रम सकेर रेले चार किलोमिटर परको करफोक महाविद्यालयको माध्यमिक विद्यालय भवनको उद्घाटन गर्ने कार्यक्रम थियो। त्यहाँ पनि सयौं स्थानीय बिहानैदेखि रेको स्वागतमा उपस्थित थिए। दुई करोडको लागतमा बनेको २८ कोठे भवनको पनि मंगलबार रेले उद्घाटन गर्ने कार्यक्रम थियो। प्रधानाध्यापक केदार चिमोरीयाले रे नआएपछि कार्यक्रम रोकिएको बताए।

कार्यक्रमको व्यवस्थापनका लागि स्थानीय विकास अधिकारी धु्रवकुमार खड्का, प्रमुख जिल्ला अधिकारी जनकराज दहाल र दलका नेताहरू बेलैमा कार्यक्रम स्थलमा पुगेका थिए। कार्यकारी प्रमुख भट्टराईले रे फेरि कहिले आउने भन्नेबारे जानकारी नभएको बताए।

ओडारीजस्तै पखाईमा परे सूर्योदय नगरपालिकाका दुई विद्यालयका विद्यार्थी, अभिभावक र जिल्लाका प्रशासकसहितका व्यक्तित्व।रेको इलामका दुई विद्यालयमा भारत सरकारको सहयोगमा निर्माण भएका भवनको उद्घाटन गर्ने कार्यक्रम थियो। सूर्योदय नगरपालिकाका कार्यकारी अधिकृत राजेन्द्र भट्टराईले खराब मौसमका कारण रे कार्यक्रममा आउन नसकेको बताए। प्रमुख अतिथि नै नआएपछि दुईबटै विद्यालयका कार्यक्रम रोकिएका छन्।

रेले कन्याम इनमा खाना खाएपछि दिउँसो एक बजे फिक्कल उच्च माविमा निर्माण गरिएको १ करोड ६८ लाखको भवन उद्घाटन गर्ने कार्यक्रम थियो। भारतको सहयोगमा बनेको ३ तले भवनमा नौ कोठा र ६ शौचायल रहेको प्रधानाध्यापक गंगा महतले जानकारी दिए। फिक्कलमा स्थानीयको भव्य उपस्थिति रहेको महतले जानकारी दिए।

फिक्कलको कार्यक्रम सकेर रेले चार किलोमिटर परको करफोक महाविद्यालयको माध्यमिक विद्यालय भवनको उद्घाटन गर्ने कार्यक्रम थियो। त्यहाँ पनि सयौं स्थानीय बिहानैदेखि रेको स्वागतमा उपस्थित थिए। दुई करोडको लागतमा बनेको २८ कोठे भवनको पनि मंगलबार रेले उद्घाटन गर्ने कार्यक्रम थियो। प्रधानाध्यापक केदार चिमोरीयाले रे नआएपछि कार्यक्रम रोकिएको बताए।

कार्यक्रमको व्यवस्थापनका लागि स्थानीय विकास अधिकारी धु्रवकुमार खड्का, प्रमुख जिल्ला अधिकारी जनकराज दहाल र दलका नेताहरू बेलैमा कार्यक्रम स्थलमा पुगेका थिए। कार्यकारी प्रमुख भट्टराईले रे फेरि कहिले आउने भन्नेबारे जानकारी नभएको बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.