जनता बैंकको अध्यक्षमा केशवबहादुर रायमाझी
काठमाडौं : जनता बैंकको अध्यक्षमा केशरबहादुर रायमाझी सर्वसम्मत चुनिएका छन्। अध्यक्ष उदय नेपाली श्रेष्ठले माघ १४ गते व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएपछि रायमाझी अध्यक्ष बनेका हुन्।
मंगलबार बसेको बैंकको सञ्चालक समितिको बैठकले अध्यक्षमा रायमाझीलाई सर्वसम्मत चयन गरेको हो।