स्याउ आँखाको लागि लाभकारी
एजेन्सी: स्याउ स्वास्थ्यको लागि निक्कै फाइदा पुर्याउने फलफूल हो। यसले शरीरलाई आवश्यक पौष्टिक तत्व प्रदान गर्दछ।तर आँखाको लागि पनि उत्तिक्कै महत्व छ। आचार्य बालकृष्णका अनुसार स्याउले आँखाको विरामीको लागि झनै लाभकारी भएको बताएका छन्।
उनका अनुसार जब आँखामा इन्फेक्सन हुन्छ तब काँचो स्याउलाई आगोमा भुटेर आखाँमा औषधि बनाएर राखेमा तुरुन्तै बिसेक हुन्छ। यसउका साथै यसले आँखामा आउने एलर्जीलाई समेत हटाउने गर्दछ। स्याउ अरु के के मा फाइदा पुर्याउँछ ?
स्याउको चिया फाइदाकारी
स्याउको चिया स्वास्थ्यको दृष्टिकोणबाट निक्कै फाइदा मानिन्छ।यसलाई तुलसीको पत्ता, पुदीना, कालो खोर्सानी र सोप मिलाएर चिया पिउनाले रुघाखोकीमा अचूक औषधि बन्छ।
विच्छिको टोकाइमा फाइदाकारी
स्याउको पातले विच्छिको टोकाइमा प्रभावकारी हुन्छ। स्याउको १० ग्राम पातलाई ४ सय ग्राम पानीमा नुन हालेर पिएमा दु:खाई निको पार्नुका साथै आराम दिलाउँछ। साथै विच्छीको टोकाइमा यसको रस प्रयोग गरेमा राहत दिन्छ।