यी खानेकुरा जसले शरीरबाट निकोटिन मुक्त गरिदिन्छ
सूर्तीजन्य वस्तु सेवन गर्ने मानिसको शरीरमा भारी मात्रामा निकोटिन हुन्छ। स्वास्थ्यको दृष्टिकोणले निकोटिन धेरै हानिकारक मानिन्छ। सूर्ती खाने, चुरोट पिउनेलाई धुवाँले धेरै नै प्रभाव पारेको हुन्छ। उनीहरु यसको लतमा फसेपछि निस्किनै गाह्रो भइरहेको हुन्छ। यसको नसा छुटाउन नियममित रुपमा यी खानेकुरा खाएमा निकोटिन चाडैं मुक्त हुन्छ।
१. पानी
निकोटिनले शरीरमा डिहाइड्रेशन बढाउने गर्दछ। तर पानीले शरीरबाट डिहाइड्रेशनलाई कम गराउने काम गर्छ। यसकारण धेरै पानी पिउनाले शरीरमा डिहाइड्रेशनको मात्रा कमी गराएर निकोटीनलाई नियन्त्रण गराउदछ।
२.हरियोसाग-तरकारी
नियमित रुपमा तरकारी खाएमा शरीरमा निकोटीनको मात्रालाई न्यूनिकरण गर्ने गर्दछ। यसैले खानामा नियमित रुपमा अण्डा, आलु, टमाटर र हरियो सागतरकारी खानु उपयुक्त हुन्छ।
३.सुन्तला
सुन्तलामा मिटामिन सी प्रचुर मात्रामा रहेको हुन्छ। यसले पनि शरीरमा रहेको निकोटिन निकाल्न मद्दत गर्दछ। यसकारण निकोटिनकोलत छुटाउन सुन्तला खानु फाइदाजनक मानिन्छ।
४.कीवी फल
किवीमा भिटामिन ए सी र इ पाइन्छ। यी भिटामिनले निकोटिनलाई शरीरबाट बाहिर फ्याकिदिने हुनाले किवी खानु उत्तम हुन्छ।
५.गाजरको रस
गाजरको रसमा भिटामिन ए बी सी तथा के अत्यधिक मात्रामा पाइने हुँदा शरीरमा निकोटिनलाई नियमित रुपमा नियन्त्रण गर्ने गर्दछ। साथै छालालाई चमकदार समेत बनाउने गर्दछ।
६.ब्रोकाउली
ब्रोकाउलीमा भिटामिन बी ५ तथा भिटामीन सी भरपुर मात्रामा रहेको हुन्छ। यसले पनि शरीरमा भएको निकोटीनलाई बाहिर ल्याउन मद्दत गर्छ।
७.पालुंगोको साग
पालुंगोको सागमा भिटामिनहरु तथा फोलिक एसिड अत्याधिक मात्रामा रहेको हुन्छ। यसले पनि निकोटिन शरीर बाहिर ल्याउन मद्दत गर्दछ।