गौँथली त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आइपुग्यो
काठमाडौं : नेपाल वायु सेवा निगमको गौँथली नाम दिइएको वाई १२ चिनियाँ जहाज बुधबार साँझ नेपाल आइपुगेको छ।
निगमका प्रवक्ता शैलेश कंशकारका अनुसार गौँथली बुधबार दिउँसो आउने बताइएको भए पनि साँझ ४ ः ३० बजे मात्र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थमा अवतरण भएको हो ।
चिनियाँ कम्पनीको गौँथली जहाजलाई पाइलट रोबर्टस भरबङ्क र सहायक पाइलट मार्क अबन्चरले नेपाल ल्याएका हुन् । नेदरल्याण्डका पाइलट र सहायक पाइलट अमेरिकी कम्पनीमा कार्यरत छन्।
कल साइन ९ एन एकेटी दर्ता भएको गौँथली आएसँगै निगमसँग आन्तरिक उडानका लागि चारवटा चिनियाँ जहाज भएका छन् । गौँथली आउनुअघि नै जहाजले सातामा ७१ आन्तरिक उडान भर्ने तालिका तय भइसकेको छ।
बुधबार आइपुगेको वाई १२ ट्वीनअटर जहाज १८ सिट क्षमताको छ। निगमले यसअघि ६० सिट क्षमताको एम ए ६० ल्याइसकेको छ ।
गौँथली आएसँगै निगमसँग चार वटा ट्वीनअटर जहाज भएका छन् । जहाज थपिएसँगै निगमले दुर्गभ क्षेत्रको उडानलाई प्राथमिकता दिने बताएको छ ।