सगुनमा मिनी आइपिओले पायो स्वीकृत
काठमाडौं: अमेरिकामा रहेका नेपालीहरुले स्थापना गरेको स्टार्ट अप आइटी कम्पनी सगुन डटकमले मिनी आइपिओ जारी गर्न अमेरिकी नियामक निकाय सेक्युरिटिज एन्ड एक्स्चेन्ज कमिसनले मंगलबार अनुमति पाएसगै लगानीको बाटो खुलेको हो। सगुनको आधिकारिक पेजमा समेत स्वीकृत पाएको जानकारी दिइएको छ भने फेब्ररीको ९ तारिकबाट सर्वसाधारणलाई लगानीको लागि खुल्ला रहने बताइको छ ।
अमेरिकी सरकारले सन् २०१२ मा ल्याएको ‘जब्स एक्ट’ अनुसार नेपालीको पहिचान बोकेको सगुनले मिनी आइपिओ जारी गर्न अनुमति पाएको हो ।
यस कानुनअनुसार स्टार्ट अप कम्पनीहरुले मिनी आइपीओ जारी गरेर थोरै बचत गर्नेहरुलाई लगानी गर्ने अबसर प्रदान गर्छन् । फेसबुक, ट्वीटरजस्ता कम्पनी स्टार्ट अप चरणबाटै गुज्रेका हुन् । त्यति बेला अमेरिकाले साना लगानीकर्ता सामु मिनी आइपिओ जारी गरेर लगानी जुटाउने कानुन ल्याएको थिएन । अहिले ती कम्पनी यति ठूला भएका छन् कि तीनको सेयरमा लगानी गर्नेबारे साना लगानीकर्ताले सोच्नसमेत सक्दैनन् । अहिले आउन लागेको सगुनको मिनी आइपिओ विदेशमा रहेका नेपालीलाई लगानीको अपूर्व अबसर हुन सक्छ ।
सगुनमा सुरुआतका दिनमा धेरैले जोखिम मोलेरै लगानी गरेका थिए । अहिले उनीहरुको सम्पतीको मूल्य बृद्धि भएको छ । त्यसैले अहिले सगुनले प्रतिकित्ता २३ डलरका दरले सर्बसाधारणलाई सेयर बेच्न पाएको छ । मिनी आइपीओमार्फत सगुनमा कम्तिमा २९९ युएस डलर लगानी गर्नुपर्ने हुन्छ ।
त्यसभन्दा माथि जोखिम हेरेर लगानी गर्न सकिने सगुनले जनाएको छ । जति धेरै लगानी, त्यति धेरै प्रतिफल हुने हुनाले हौसिएर लगानी गर्न पनि सकिन्छ । तर धेरै लगानी गरेअनुसार कम्पनीले प्रगति गरेन भने लगानी डुब्ने जोखिम पनि त्यतिकै हुन्छ । त्यसैले आफ्नो क्षमता हेरेर लगानी गर्न सकिन्छ ।
सगुनले सम्भवत अर्को साताभित्रै मिनी आइपिओ जारी गर्दै छ । यसबाट जुटाउने रकम सगुनको मोवाइल एपदेखि अन्य भरपर्दा प्रोडक्ट विकास गर्न खर्च गर्ने उसको योजना छ । यस चरणमा सगूनले २ अर्ब रुपैयाँ लागानी गर्ने योजना सगुनको छ । आफ्नो योजना अनुरुप काम गर्न सके कम्पनीले आफ्ना एपबाट आम्दानी गर्न थाल्छ । त्यसपछि उसले प्रयोगकर्तालाई आफ्नो कमाइबाट केही हिस्सा बाँड्ने योजना बनाएको छ । फरक खालको योजना लिएर आएकाले यसलाई प्रयोगगर्ताले रुचाउने उसको विश्वास छ । त्यसपछि सगुनले अवश्य आम्दानी गर्ने अनुमान गर्न सकिन्छ ।
त्यसपछिको चरणमा सगून एक्सचेञ्जमा दर्ता हुन्छ । यसका शेयर बजारमा किनबेच हुन थाल्छन । त्यसपछि लगानीकर्ताले सेयर बेच्न सक्छन् । बेच्नेहरुले मूल्य बृद्धिबाट लाभ लिन सक्छन् भने नबेच्नेले कम्पनीले नाफाबाट बाँड्ने उच्च लाभांश पाउँछन् ।
धेरै आइटी कम्पनीले अपत्यारिलो प्रगति गरेका उदाहरण हाम्रै सामु छ । फेसबुक, अलिबाबा, उबर, गुगल, ट्विटरलगायतका कम्पनीका सेयरमा आएको उछाल कसैबाट छिपेको छैन । ती कम्पनी स्टार्टअप चरण्मा रहँदा लगानीको अबसर थिएन । आज लगानी गर्छु भनेर पाइँदैन ।
अमेरिकाले जब्स एक्ट ल्याउनुअघि आइपिओमात्र जारी गर्ने कानुन थियो । अहिले मिनी आइपिओ जारी गर्ने कानुनले मिनि आइपीओको प्रावधान ल्याएको छ । त्यसले गर्दा साना लगानीकर्ताहरुलाई भविष्यको सम्भावना देखाउने कम्पनीमा लगानीको अबसर दिएको छ ।
सगुनमा लगानी गर्न चाहनेहरुले सगुन डटकममा गएर आफूले लगानी गर्न चाहेको रकम खुलाएर प्रतिवद्धता ब्यक्त गर्न सक्छन् । अमेरिकी निकायबाट मिनी आइपिओ जारी गर्ने अनुमति पाएपछि सगुनले उसको वेवसाइटमा प्रतिवद्धता जारी गर्ने सबैलाई इमेलबाट त्यसको जानकारी गराउने छ । त्यसपछि अमेरिकामा बसोबास गर्नेहरुले विद्युतीय माध्यमबाट सेयर खदिरबापतको रकम तिर्न सक्नेछन् । यसका लागि बैंक खाता नम्बर र बैंकको राउटिङ नम्बर आवश्यक पर्दछ । उनीहरुले चेकबाट पनि रकम तिर्न सक्ने सगुनका संस्थापकले जानकारी दिएका छन् ।
अमेरिका बाहिर बसोबास गर्नेहरुले भने विद्युतीय माध्यमबाट मात्र पठाउन सक्ने छन् । त्यसका लागि सगुनको साइटमा उपलब्ध फर्ममा यही विकल्प छनौट गरेर भर्नु पर्ने छ । त्यसपछि उनीहरुलाई मिनी आइपिओ जारी गर्न सहजीकरण गर्ने ब्रोकर एजेन्ट कम्पनीको बैंक खाताको विवरण उपलब्ध हुने छ । लगानीकर्ताले किनबेच विवरणपत्र र बैंक खाता विवरण उपलब्ध गराएपछि स्थानीय बैंकले लगानी रकम ट्रान्सफर गरि दिने छ ।
विदेशमा खुल्ने सेयरमा नेपालबाट भने लगानी गर्न सकिँदैन । संसारका अधिकांश देशहरुबाट भने लगानी गर्न पाइन्छ । लगानी गर्न पाउने २ अर्बको सीमा पुरा भएपछि मिनी आइपिओ बन्द हुनेछ । त्यसैले लगानी गर्न चाहनेहरु पहिल्यै तयार भएर बस्नु आवश्यक छ ।