मुसहर बस्तीमा स्वास्थ्य शिविर

मुसहर बस्तीमा स्वास्थ्य शिविर

महोत्तरी : महोत्तरीको बर्दिबास नगरपालिका-२ स्थित मुसहर बस्तीमा पहिलोपटक औषधिसहितको चिकित्सक टोलीले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ।

मंगलबारदेखि सञ्चालन भएको शिविरमा मुसहर समुदायका एक सय २५ जनाले स्वास्थ्य परीक्षण गरेर औषधि लिएका छन्। पछिल्लो चार दिनयता तराईमा बढेको जाडोले गर्दा स्थानीयको जनजीवन कष्टकर भएपछि रेडक्रस सोसाइटी उपशाखा बर्दिबासको पहलमा २५ प्रकारका औषधि बोकेर बर्दिबासको सरकारी अस्पतालका डा राकेश यादवको टोली बस्तीमा पुर्‍याएको रेडक्रस सोसाइटी बर्दिबास उप-शाखाका सचिव मकुन्द पौडे्लले बताए।

जंगलबाट दाउरा ल्याई बजारमा बिक्री गरेर छाँक जुटाउँदै आएका बर्दिबासका २ सय ७० जना मुसहरहरुको सरकारी अस्पतालमा सहज पहुच नभएको बस्तीमा अगुवा मञ्जय सादाले बताए। करिब ६७ वर्षदेखि बर्दिबासमा बसोबास गर्दै आएका मुसहरको बस्तीमै स्वास्थ्यकर्मी पुगेर उनीहरुको स्वास्थ्य चेकजाँच गरेर निःशुल्क औषधी वितरण गरेको यो पहिलो पटक भरहेको बस्तीकी ६० बर्षीय फूल कुमारी सादाले बताइन्।

हास्य कालकार धुर्मुस सुन्तली मुसहरको समग्र विकासको लागि पुगेपछि सो शिविरमा न्यानो स्पर्श, बर्दिबास अस्पताल र जनसेवा हस्पिटल बर्दिवासले स्वास्थ्य शिविरमा निःशुल्क रुपमा औषधि उपलब्ध गराएका थिए। ४० प्रकारका औषधि स्वास्थ्य परीक्षण गरेर वितरण गरिएको बर्दिवास सरकारी अस्पतालका जनस्वास्थ्य निरीक्षक मीनबहादुर सेनले बताए।

धुर्मुस सुन्तलीलले मुसहर बस्तीका ५० घरपरिवारलाई लक्षित गरेर नमुना पक्की घर बनाइ दिइरहेका छन्। मुसहरको उद्धारको लागि धुर्मुस सुन्तली बस्तीमा पसेपछि मुसहरलाई सहयोग गर्न सरोकारवलाहरु पनि पछिल्लो समय जुटेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.