‘प्रधानमन्त्रीज्यू, अलि सम्हालिएर बोल्नुहोस्'

‘प्रधानमन्त्रीज्यू, अलि सम्हालिएर बोल्नुहोस्'

काठमाडौः प्रधानमन्त्री पुष्पकमल दाहालले वाईसीएललाई प्रतिकार गर्न उक्साएको भन्दै एमाले अध्यक्ष केपी ओलीले आपत्ति जनाएका छन् । पार्टीको मेची-महाकाली अभियानबारे जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा ओलीले प्रतिपक्षी दलहरू चुप बसेका बेला प्रधानमन्त्रीले उत्तेजना र उक्साहटका कुरा गर्नु नसुहाउँदो विषय भएको बताए ।

‘प्रधानमन्त्रीलाई आउन त भिडौं भन्नुहुँदैन, हामीले त्यस्तो कुरा सोच्दा पनि सोच्दैनौं', ओलीले भने, ‘प्रधानमन्त्री अलि सम्हालिएर बोल्दा राम्रो हुन्छ ।' माओवादी केन्द्रसम्बद्ध वाईसीएललाई एमालेको प्रतिकार गर्न प्रधानमन्त्रीले उक्साएको भन्दै ओलीले आपत्ति जनाए । ‘वाईसीएलले लुटेर खान पाउँदैन भनेर हामीले भनिरहेका बेला एमालेको प्रतिकार गर भनेर उक्साउने काम प्रधानमन्त्रीले गर्नुभयो', ओलीले भने ।

संसद्को सार्वजनिक लेखा समितिको सभापति पनि प्रतिपक्षलाई नदिएकोप्रति व्यंग्य गर्दै ओलीले भने, ‘यत्रो तागत भएको बेला पनि एमालेलाई प्रतिपक्षमा राख्ने हो ? आफैं लिने हो नि ! अरूले सत्ता चलाउँदा पो प्रतिपक्ष, आफैं सरकारमा बसेको बेला केको प्रतिपक्ष ? '

पूर्वप्रधानमन्त्री ओलीले केही बुद्धिजीवीले देशलाई घाटा हुने गरी कुराको धार लगाइरहेको आरोप लगाए । ‘मुसाले खानका लागि कपडा काट्ने होइन, उसका दाँत आएका हुन्छन्, दाँत उजिल्याउन छानीछानी नयाँ कोट-पाइन्ट काटछ', उनले भने, ‘बुद्धिजीवीलाई पनि कुराको धार लगाउनुपर्छ तर देशलाई घाटा हुने गरी होइन ।' आँसु झार्न आँखैमा घोच्नु नपर्ने उल्लेख गर्दै उनले भने, ‘अहिले एमालेलाई चिमोट्नु भनेको देशलाई चिमोट्नु हो । आँसु झार्न आँखा नभई खुट्टातिर चिमोटे पनि पुग्छ ।'

एमालेको राष्ट्रवादलाई ‘महेन्द्रीय राष्ट्रवाद' को संज्ञा दिनु गलत प्रचार भएको उनले दाबी गरे । ‘महेन्द्रीय राष्ट्रवाद भन्नुको अर्थ जनता देशभक्त थिएनन्, राजामात्र थिए भन्ने भ्रम फैलाउनु हो', उनले भने ।

सत्तासीन दलले नै विपक्षीलाई मधेसमा सभा गर्न दिन्नँ, जनताबीच जान दिन्नँ भन्नु तमासामात्रै ।
केपी ओली, अध्यक्ष, एमाले


पार्टीले फागुन २१ बाट पूर्वको मेचीदेखि पश्चिम महाकालीसम्म अभियान सञ्चालन गर्न लागेको जानकारी दिँदै ओलीले सत्तासीन दलले नै विपक्षीलाई मधेसमा सभा गर्न दिन्नँ, जनताबीच जान दिन्नँ भन्नु तमासा भएको बताए ।

सचिव प्रदीप ज्ञवालीले सुखानी घटना संस्मरण गर्दै एमालेले फागुन २१ बाट मेची-काली अभियान गर्न लागेको बताए । उनले उक्त अभियान राजनीतिकभन्दा पनि सामाजिक र सांस्कृतिक हुने बताए । ‘यो अभियानले तराई र पहाड जोड्नेछ । तराईमै जनताबीच होली खेल्नेछौं । श्रमिक महिला दिवस पनि जनताबीच नै मनाउनेछौं', उनले भने, ‘जनताको घरमा होमस्टे भएर बस्नेछौं ।'

अखण्ड पार्टीकी उपाध्यक्ष एमाले प्रवेश

पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा अखण्ड नेपाल पार्टीकी केन्द्रीय उपाध्यक्ष पुष्पा भण्डारी एमाले प्रवेश गरेकी थिइन् । अखण्ड पार्टीका अध्यक्ष कुमार खड्का ५ नम्बर प्रदेश विभाजनको पक्षमा उभिएर सरकारमा गएका कारण आफूले उक्त पार्टी परित्याग गरेको भण्डारीले बताइन् । उनलाई अध्यक्ष ओलीले खादा र टीका लगाइदिएका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.