आतंकवादविरुद्ध कानुन आवश्यक : सुजाता कोइराला

आतंकवादविरुद्ध कानुन आवश्यक : सुजाता कोइराला

काठमाडौं : पूर्व उपप्रधानमन्त्री एवम् नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले देशलाई बलियो बनाउन अपराध र आतंकवादविरुद्ध कडा कानुन आवश्यक रहेको बताएकी छिन् ।

जी.पी. कोइराला फाण्डेशनले काठमाडौंको कामाद कलेजमा आयोजित साइबर अपराध सम्बन्धी एक दिवसीय सचेतना मुलुक कार्यक्रममा बोल्दै बलियो कानुन बनाएर देशमा दण्डहीनताको अन्त गर्नुपर्ने बताइन्।

‘देश बलियो बनाउने हो भने अपराध र आतंककारीले टाउको उठाउन नसक्ने गरी कानुन बनाउनुपर्छ,’ उनले भनिन्, ‘अपराधी र आतंककारीले युवालाई तारो बनाएकाले पनि कानुन बलियो चाहिन्छ ।’

राष्ट्रभन्दा ठूलो कोही नभएको कोइरालाको भनाइ छ । ‘देशको हितका लागि कस्तो कानुन चाहिन्छ त्यो बनाउनुपर्छ,’ उनले भनिन्, ‘अपराधमा युवाहरू बढी संलग्न हुने भएकाले त्यसतर्फ गम्भीर नभए देशको भविष्य जोखिममा पर्ने खतरा छ ।’

साइबर अपराधमा बढी युवाहरू प्रभावित पारेकोले त्यसविरुद्ध सबै मिलेर लड्नुपर्नेमा उनको जोड छ । आतंकारीले इन्टरनेटको दुरुपयोग गरी युवालाई आतंककारी गतिविधिमा प्रयोग गरेकोमा सबै गम्भीर हुनुपर्ने कोइरालाले बताइन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.