स्ववियु चुनावमा सहभागी हुन नेविसंघलाई कांग्रेसको निर्देशन
काठमाडौं : नेपाली कांग्रेसले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावमा सहभागी हुन् पार्टीको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघलाई निर्देशन दिएको छ।
बिहीबार संसदीय दलको कार्यालय बसेको पदाधिकारी बैठकले त्रिभुवन विश्वविद्याल (त्रिवी)ले तोकेको २८ वर्षे उमेर हद स्वीकार गर्दे स्ववियु चुनावमा सहभागी हुन निर्देशन दिएको हो।
पदाधिकारी बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयले दिएको निर्देशन अनुसार निर्वाचन प्रक्रियामा सहभागी हुन् निर्देशन दिएका हुन्।
बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, नेता प्रकाशमान सिंहलगायत नेता उपस्थित थिए।