विपद् व्यवस्थापनका लागि नीति ल्याउने सरकारी तयारी

विपद् व्यवस्थापनका लागि नीति  ल्याउने सरकारी तयारी

काठमाडौँ: विपद् जोखिम घटाउने विषयमा सरकारले नीतिगत रुपमा सम्बोधन गर्ने तयारी गरेको छ।

सूचना तथा प्रविधिका माध्यमबाट विपद्का समयमा समुदायलाई सूचना प्रवाह लगाउने र सरोकार भएकाहरुसँग सहकार्य गर्ने उद्देश्यले आयोजित दुईदिने अन्तर्राष्ट्रिय गोष्ठी समापन कार्यक्रममा उद्योगमन्त्री नवीन्द्रराज जोशीले विपद्का विषयमा सरकार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

इन्स्टिच्युट अफ क्राइसिस मेनेजमेन्ट स्टडिजले आयोजना गरेको 'सङ्कटमा सञ्चार र प्रविधिको भूमिका' विषयको दुईदिने गोष्ठीमा विभिन्न मुलुकमा भएका घटनाका विपद्का सूचना समुदायमा प्रवाह गर्ने शैली तथा अन्य विषयमा छलफल भएको थियो।

गोष्ठीमा गत वर्ष गएको भूकम्पका समयमा सुरक्षाकर्मीले निर्वाह गरेका भूमिका र भविष्यमा हुन सक्ने विपद्का पूर्वतयारीका विषयमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रतिनिधिले जानकारी गराए। त्यसैगरी ब्रिटिस रेडक्रस र युएस एडका प्रतिनिधिले विपद्का समयमा समुदायमा कसरी सञ्चार गर्ने भन्ने विषयमा प्रस्तुति दिए।

इन्स्टिच्युटका अध्यक्ष राम थपलियाले विपद् व्यवस्थापनका सूचना जनतामा प्रवाह गर्दा ध्यान दिनुपर्ने विषयमा भएको छलफलले आगामी दिनमा अपनाउनुपर्ने सावधानी र सजगताको उपाय सिकाएको बताए।

गोष्ठीमा संयुक्त राष्ट्र सङ्घ, अमेरिकी सहयोग नियोग (युएसएआइडी), नेपालस्थित जापानी राजदूतावास, युरोपेली सङ्घ, रेडक्रस, आइएफआरसीलगायत संस्था, प्राध्यापक, भूगर्भविद् र सरकारी निकायका प्रतिनिधि र विपद्का विषयमा अध्ययनरत विद्यार्थीको सहभागिता थियो। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.