भारतले सीमा मिचेर बनाएको पक्की सडक भत्काउने

भारतले सीमा मिचेर बनाएको  पक्की सडक भत्काउने

महोत्तरी : दशगजा मिचेर भारतीय पक्षले महोत्तरीको सीमावर्ती नाका मटिहानी नजिकैको मधवापुरमा निर्माण गरेको पक्की सडक र नाला भत्काउन भारत सहमत भएको छ । ७.३१ मिटर दशगजा मिचेर बनाएको भौतिक संरचना हटाउन भारत तयार भएको हो।

नेपाल र भारतका सरोकारवालाबीच सम्पन्न दुई पक्षीय बैठकमा भारतीय पक्षले दशगजा मिचेर सडक र नाला बनाएको स्वीकार गरेका छन्।

भारत विहारको मधुवनी जिल्लाको जयनगर सहरमा आयोजित ‘भारत नेपाल सीमा सत्यापन एवम् मर्मत कार्यशाला’ गोष्ठीमा भारत मधुवनी जिल्लाका डिएम गिरवर दयाल सिंहले स्वयम् भारतीय पक्षद्वारा दशगजा क्षेत्र मिचेर पक्की सडक र नाला बनाएको स्वीकार गरे। उनले तल्लो निकायलाई तुरुन्त भौतिक संरचना दशगजाबाट हटाउन निर्देशन दिए।

पुस २३ गते सशस्त्र प्रहरीको मटिहानीस्थित विओपीले दशगजा मिचेर भारतीय पक्षले पक्की सडक र नाला निर्माण गर्न लागेको जानकारी पाए लगत्तै निर्णमा रोक्न लगाएको थियो। तर, भारतीय बजार मधवापुरका स्थानीय र एसएसबीले बलजफ्ती दशगजा मिचेर काम रोकिएको तीन साता नबित्दै सडक र नाला निर्माण कार्य पूरा गरेका थिए।

भारतीय सीमा सुरक्षा बल (एसएसबी) को ४८ ‘बी’ बाहिनीमा दुवै देशका जिम्मेवार प्रतिनिधिबीच भएको छलफलमा भारत मधुवनीका एसपी दीपक वर्णबाल र एसएसबीका एसपी अजितसिंह राठोरले पनि महोत्तरीको मटिहानी र भारतको मधवापुरस्थित दशगजा क्षेत्रमा भारतले पक्की सडक र नाला बनाएको आत्मलोचना गरे ।

बैठकमा नेपालको तर्फबाट महोत्तरीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) वीरेन्द्रकुमार यादव, सीमा सुरक्ष बलका सशस्त्र प्रहरी उपरीक्षक प्रकाश श्रेष्ठ र जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी शालिग्राम शर्मालगायत सहभागी थिए।

‘अब दुवै पक्षका नापी टोली ल्याएर नापजाँच गरी भत्काउने काम हुन्छ,’ बैठकमा सहभागी डिएसपी शर्माले भने, ‘पहिला नै दशजगा क्षेत्र मिचेर मधवापुरमा भारतीले घर बनाइ सकेको छ।’

भारतीय पक्षले सन् २००८ तिर नेपाल तर्फको मटिहानी ८ र भारत तर्फको मधवापुरलाई छुट्याउन गाडिएको पिलर नं. २९४ नम्बर पिलर नजिकको भूभागमा दशगजा मिचेर पहिल्यैदेखि त्यहाँ सडक निर्माण गरेको थियो।

दशगजाको भन्दा दुबैतिर ३० मिटर वरिपरी कुनै पनि प्रकारको भौतिक संरचना निर्माण नगर्ने अन्तराष्ट्रिय मान्यता र सम्झौता छ। भारतीय पक्षले मटिहानी र मधवापुरको बीचमा दशगजा मिचेर पक्की संरचना निर्माण गरेको कुरा विभिन्न सञ्चारमाध्यममा आएपछि प्रजिअ यादवले पक्की सडक र नाला भत्काउन पहल थालेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.