चीनले गर्‍यो एकैसाथ १० वटा मार हान्‍ने मिसाइल परीक्षण

चीनले गर्‍यो एकैसाथ १० वटा मार हान्‍ने मिसाइल परीक्षण

एजेन्सी: चीनले एक साथ १० वटा मार हान्‍न सक्ने मिसाइल परीक्षण गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनलाई दिएको चुनौती सामना गर्न मिसाइल परीक्षण गरिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

यो परमाणु बमले एक साथ १० वटा छुट्टाछट्टै मार हान्‍न सक्छ। यसले चीनको परमाणु क्षमतामा थप बल पुगेको अन्तराष्ट्रिय समाचार एजेन्सीहरुले बताएको छ।

चीनले गरेको परीक्षणमाथि अमेरिकी अधिकारीहरुले चासो व्यक्त गरेका छन्। वासिङटनको अनलाइन पोर्टल फ्रीबीकनका अनुसार चीनले जनवरीमा डीएफ-५ सी मिसाइल परीक्षण गरेको थियो। यो मिसाइल चीनको सान्सी प्रान्तको ताइयुएऩ स्पेसमा परीक्षण गरेको अमेरिकी रक्षामन्त्रालयले जनाएको छ।

पेन्टागनका प्रवक्ता कमाण्डर गेरी रोसले भनेका छन्, 'अमेरिकी रक्षा मन्त्रालयले चीनको सबै गतिविधि नजिकबाट नियालिरहेको छ। अमेरिकाले चीनको परमाणु मिसाइल २५० भन्दा धेरै रहेको अनुमान लगाएको छ। यसमा हामी सचेत छौ।' उसले चीनले यस्तो कार्य गर्न नहुने भनेर आरोप लगाएको छ।

चीनले परीक्षण गरेको उक्त मिसाइल रेगिस्तानमा गएर खसेको थियो। यो अन्तरमहादीपीय ब्यालेस्टिक मिसाइल डीएफ-5को नयाँ संस्करण हो। यसलाई १९८० को दशकको सुरुवातमा पनि चीनले नै परीक्षण गरेको थियो।

पछिल्लो पटक ट्रम्पले चीनको दक्षिणी चीनसागरको मुद्धालाई कडा रुपमा उठाउँदै आएको थियो। अमेरिकाले उक्त क्षेत्रमा चीनको मात्र नभइ सबैको हक लाग्‍नु पर्ने बताउँदै आएका बेला चीनले उक्त कुराको चर्को विरोध गर्दै त्यसमाथि आफ्नो मात्र अधिकार रहेको वक्तव्य दिएको थियो। यही झगडालाई उसले मिसाइस परीक्षण गरेर अमेरिकालाई चेतावनी दिएको हुन सक्‍ने अन्तराष्ट्रिय सञ्चार माधयमले टिप्पणी गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.