स्यालको आक्रमणबाट चार घाइते

 स्यालको आक्रमणबाट चार घाइते

सिमकोटः  स्यालको आक्रमणले मैलागाउँका चार जना घाइते भएका छन् । बाटोमा हिडिरहेको बेला वनबाट अचानक कराउँदै आएर जंगली स्यालको टोकाइबाट मैला गाविस ५ की १५ वर्षीया शान्ति शाही, मैला ३ कि ३१ वर्षीया बिउरा बुढा, मैला १ का १४ वर्षीय बिसिङ चँदारा र मैला ३ का नरविर धामी घाइते भएका छन् । घाइे मध्ये शान्ति शाही र नरविर धामीको अवस्था चिन्ता जनक भएको मैला स्वास्थ्य चौकीका इन्चार्ज लिलाराज शर्माले जानकारी दिए ।

जंगली स्यालको टोकाइबाट शान्तिको टाउँको र धामीको अनुहारमा गम्भीर घाउँ भएपछि थानय स्वस्थ्य संस्थामा उपचार हुन नसकेपछि नेपालगञ्ज मेडिकल कलेज लगिएको स्वास्थ्य चौकी इन्चार्ज शर्माले बताए ।

एक सातादेखि रात र दिउँसौ निकै कराउने गरेको जंगली स्यालले कोही मान्छेलाई बाटोमा एक्लै देख्ने बित्तिकै चिथोर्न आउने गरेको मैला ५ का हेमबहादुर शाहीले बताए । उनका अनुसार स्यालको टोकाइबाट २ भैसी र ३ मरेका छन् । सँधै मान्चे देखेपछि भाग्ने गरेका जंगली स्यालको पछिल्लो क्रियाकलापले स्थानीय वासिन्दालाई घरबाट निस्कन र काममा जान समेत निकै समस्या भएको मैला २ का मानबहादुर रोकायाले बताए ।

रोकायाले अन्नपूर्णसँग भने-'जंगली स्याल अचानक झारबाट आएर बहुलाह कुकुरलै टोक्ने गरेका छन् । कहिले समूहमा आउने त कहिल्यै एक्लै आएरपनि मानिस पशुवस्तु जे भेट्यो त्यसैलाई टोक्ने गरेका छन् ।'

पछिल्लो साता बिहान र बेलुकाको समयमा जंगली स्याल घर भित्रै पसेर टोक्न थालेको मैला ५ का हेमबहादुर शाही बताए । उनका अनुसार उपचारका लागि नेपालगञ्ज पुर्‍याएकी शान्ति शाहीलाई गत आइतबार घरभित्रै गएर २ स्यालले टोकेर गम्भीर घाइते बनाएका हुन् ।

स्वास्थ्य संस्थामा औषधी नहुँदा थप समस्या

जंगली स्यालको टोकाइबाट घाइते भएकाहरुको उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा आवश्यक औषधी नहुँदा थप समस्या भएको छ । जंगली स्यालको टोकाइले घाइते भएका बिरामीलाई रेविज र टिटि खोप लगाउनु पर्ने भएपनि स्थानीय मैला स्वास्थ्य चौकीमा उपलब्ध नभएपछि बिरामीलाई उपचार गर्न थप समस्या भएको मैला स्वास्थ्य चौकीका इन्चार्ज लिलाराज शर्माले बताए ।

स्यालको टोकाइबाट उपचारका लागि स्वास्थ्य चौकी आएका सुरुका २ जना बिरामीलाई स्वास्थ्य चौकीमा भएको टिटि खोप लगाएपनि त्यसभन्दा पछिका बिरामीलाई सामान्य ड्रेसिङबाहेक केही गर्न नसकिएको शर्माले स्वीकार गरे ।

टिटि खोपका लागि समेत एक दिनको पैदाल हिडेर श्रीनगर इलाका स्वास्थ्य चौकीमा भएको सश सेन्टरमा जानु पर्ने भएकोले पनि समस्या भएको हो । यसका लागि आफूले जिल्ला स्वास्थ्य कार्यालयमा खबर गरेको भएपनि खासै केही प्रतिक्रिया नआएको शर्माले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.