ग्ल्यामरस छवि प्लस प्वाइन्ट हुन्छ

ग्ल्यामरस छवि प्लस प्वाइन्ट हुन्छ

नेपाली सांगीतिक क्षेत्रमा भविष्य बनाउन लागिपरेकी प्रतिभा हुन्— प्रकृति थलङ । ताप्लेजुङको नाङखोल्याङमा २०४८ सालमा जन्मेर धरानबाट एसएलसी पास गरेकी उनी हाल काठमाडौंमा संघर्षरत छिन् । उनी बागीना कला केन्द्र धरानले आयोजना गरेको पूर्वाञ्चल सिंगिङ स्टार २०७१ की विजेता पनि हुन् । २०७१ सालमा पहिलो पट ‘तिम्रो मेरो मायाको' बोलको गीत रेकर्ड गराई गायनयात्रा आरम्भ गरेकी उनको स्वरमा डेढ दर्जन गीत रेकर्ड भइसकेको छ ।

गायनमा कसरी लाग्नुभयो ?
मलाई सानैदेखि गायनमा रुचि थियो । परिवारमा सांगीतिक माहोल थियो । बुबा केन्द्रविक्रम थलङ गीत लेख्नुहुन्थ्यो । उहाँका गीत निकै रेकर्ड भएका छन् । दाइहरू कुशल थलङ, कञ्चन थलङ मैले पनि बुबाको गीत गाएका छौं ।

तपाईंलाई गीत संगीतमा के कुराले आकर्षित गर्छ ?
आफूले चाहेको क्षेत्रमा त्यसै आकर्षित भइन्छ । फेरि गीत संगीत भनेको नाम, काम, दाम सबै पाइने क्षेत्र पनि हो ।

आफूले गाएकामध्ये मनपर्ने गीत ?
मेरो स्वरमा डेढदर्जन गीत रेकर्ड भएका छन् । तीमध्ये दर्शन राईको शब्द, महेन्द्र राईको संगीत रहेको ‘तिम्रो हेराईले मार्‍यो नि मलाई' मनपर्छ । गीतको भाव राम्रो छ । स्टेजमा पनि गाउन मिल्छ ।

कस्तो गीत गाउन रहर लाग्छ ?
मलाई अलि भावनात्मक गीत मन पर्छ । चाहे पप होस् वा आधुनिक ।

गायिकाहरू पनि ग्ल्यामरस बन्ने समय आएको हो ?
अहिले आवश्यक छ । ग्ल्यामरस छवि कलाकारका लागि प्लस प्वाइन्ट हुन्छ ।

आफू कत्तिको ग्ल्यामरस छु जस्तो लाग्छ ?
आफूलाई त्यस्तो ग्ल्यामरस छु जस्तो त लाग्दैन तर फिट एन्ड फाइन रहनुपर्छ भन्ने चाहिँ लाग्छ ।

आफूलाई फिट एन्ड फाइन राख्न के गर्नुहुन्छ ?
म नृत्य गर्छु । खानपानमा ध्यान दिन्छु ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.