चाउरीपना चट

 चाउरीपना चट

मानिसको छालामा डर्मिस, इपिडर्मिस र हाइपोडर्मिस गरी तीन तहहरू हुन्छन् । डर्मिस तहभित्र इलास्टिन, कोलाजेन र फाइब्रोब्लास्टजस्ता तहहरू हुन्छन् । यी तीन तहका मांसपेशी कमजोर भएमा छालामा चाउरीपना आउँछ । यि तीन तहलाई बलियो बनाउन स्तरीय क्रिम लगाए मात्रै पनि छालामा आउने चाउरीपना कम हुँदै जान्छ । सही तत्व भएको क्रिम छनोट गरेमा त्यसले छालामा चाउरीपना हुने प्रक्रियालाई कम बनाउँछ ।

छाला सुक्खा भयो भने त्यसमा छिटो चाउरीपना आउँछ । त्यसैले राम्रो म्वाइस्चर लेबल भएको म्वाइस्चराइजर अथवा क्रिम लगाउने गर्नुपर्छ । जाडो मौसममा छाला अझै बढी सुक्खा हुने हुनाले म्वाइस्चराइजरको मात्रा अझै बढाउनुपर्ने हुन्छ । हाम्रो छालाको पीएच लेबल सन्तुलनमा रहे कुनै पनि समस्या नआउने हुनाले क्रिमको छनोट गर्दा यसमा ध्यान दिन जरुरी हुन्छ ।

घर बाहिर निस्कनु अगाडि सधैं सनस्क्रिनको प्रयोग गर्ने गर्नुपर्छ । यसमा हुने तत्व टाइट्यानियम डाइअक्साइडले बूढो र कालो हुने प्रक्रियाबाट छालालाई बचाउँछ । त्यसैगरी स्टेरिक एसिड र स्यालिस्यालिक एसिड भएको क्रिम लगाउँदा पनि यसले छालाको बुढ्यौली हुने प्रक्रियालाई कम गराउँछ । चाउरीपना हटाउन हामीले लगाउने क्रिममा भिटामिन ए, बी, सी र ई हुनु जरुरी हुन्छ । त्यसैगरी म्यागनेसियम, जिंकलगायतका मिनिरल्स भएको क्रिमको प्रयोगले पनि चाउरीपनालाई कम गर्न सहयोग पुर्‍याउँछ ।

यदि सही तत्व भएको नाइट क्रिम उपलब्ध छैन भने हामीले प्रायः सधैं लगाउने क्रिमलाई पनि राति लगाएर सुते राम्रो नतिजा पाउन सकिन्छ । त्यसैगरी क्रिम छैन भने बोरोप्लसमात्रै लगाए पनि छालामा हुने हानिबाट बचाउन सकिन्छ ।

सही क्रिम नभएको अवस्थामा घरमै हुने दूधको तर लगाएर सुते पनि राम्रो हुन्छ । त्यसैगरी छालालाई पोषण दिएर चाउरीपना कम गर्न नरिवलको तेल, बदामको तेललगायत पनि प्रयोग गर्न सकिन्छ । सामान्यतया २५ वर्ष पछि अनुहारमा चाउरीपना आउन सुरु हुन्छ । त्यसैले २५ वर्षअगाडि साधारण म्वाइस्चराइजर लगाएमात्रै पुग्छ ।

तर उमेरले २५ नाघेपछि भने मिनरल्स र भिटामिनयुक्त क्रिम लगाउनुपर्छ । त्यसैगरी कम्तीमा पनि २० दिनको अन्तरालमा फेसियल गराउँदा छालाको अवस्थालाई सन्तुलनमा राख्न सकिन्छ । यदि अनुहारको छाला तैलीय प्रकारको छ भने धेरै चिल्लोयुक्त खानेकुरा खानु हुँदैन ।

कुराकानी गर्दा वा अन्य समयमा पनि रिसाउँदा वा खुसी हुँदा अनुहारको अभिव्यक्तिलाई धेरै परिवर्तन गरिरहँदा चाउरी पर्ने सम्भावना हुन्छ । त्यसैले सकेसम्म फेसियल एक्सप्रेसन धेरै दिनु हुँदैन । अनुहारको छालामा धेरै चाउरीपना परेको छ भने पार्लरमा गएर थेरापीमार्फत कम गराउन सकिन्छ ।

एमबीए गरेकी ब्युटी कन्सलट्यान्ट


ब्युटी कन्सलटेन्ट रीमा शर्मा सन् २००८ ताका चण्डीगढस्थित टाटा कम्पनीमा म्यानेजरका रुपमा कार्यरत थिइन् । त्यतिबेला उनको संगत केही ब्युटी थेरापिस्टसँग भयो । कोही विज्ञानमा स्नातकोत्तर गरेर यस पेसामा लागेका त कसैले चिकित्सक भइसकेपछि पनि यसलाई पेसा बनाउन थालेको पाइन् । यसबाट निकै प्रेरित भएर एमबीए गरेकी रीमाले पनि त्यहाँको भीएलसीसी इन्स्टिच्युटबाट कस्म्याटोलोजिस्ट विषयमा एकवर्षे कोर्स पूरा गरिन् ।

त्यसपछि चण्डीगढमै पार्लर खोलेर बसेकी रीमालाई काठमाडौंको लाजिम्पाटस्थित भीएलसीसीमा हेड अफ इन्चार्जको अफर आएपछि दुई वर्षसम्म सोही पदमा रहेर काम गरिन् । यसपछि गत वर्ष दसैंतिहारको अवसरमा उनले सुन्धारास्थित फेसन सस्तो बजारमा ब्रिलियर सलोन स्थापना गरिन् ।

सलोनमा उनले भारतको ब्रिलियर साइन्सको उत्पादन प्रयोग गरी विभिन्न समस्यामा थेरापी गर्दै आएकी छन् । फलफूल र सागसब्जीबाट बनेका प्राकृतिक वस्तुको प्रयोगले फेसियल गरिन्छ । त्यसैगरी रसायनको प्रयोगले कपालमा भएको हानिलाई कम गर्न, चाया र कपाल झर्ने समस्या हटाउन पनि थेरापी गर्ने गरिन्छ । प्राकृतिक वस्तुको प्रयोग हुने हुनाले नतिजा आउन केही समय लागे पनि यो दीर्घकालीन हुने उनको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.