संशोधन नगरी चुनाव भए देश भुडभेटमा जान्छ : महतो
मलंगवा : संविधान संशोधन बिना सरकारले चुनाव गराए देशमा मुडभेड जाने सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले चेतावनी दिएका छन्।
बबरगंजमा रहेको दुर्गा खोभारी जनता माध्यमिक विद्यालयको स्वर्ण महोत्सवमा सहभागी हुन सर्लाही आएका महतोले पत्रकारसँग कुरा गर्दै सरकारले देशमा मुडभेडमा गराउन खोजेको बताए।
चुनाव गराउन सरकारले गरेको आन्तरिक तयारीसँग हाम्रो लेनादेना छैन्। तर, संविधान संशोधन बिना चुनाव गराउन खोज्यो भने आन्तरिक तयारीमा खर्चेको पसिना सरकारको खेर जान्छ ।
‘संविधानमा सबैको स्वामित्व हुने खालको संशोधन प्रस्ताव सरकारले ल्याउन सकेको छैन्’, महतोले भने, ‘यदि संशोधन बिना चुनावमा गए सरकारसँगको मोर्चाको सम्बन्ध विच्छेद हुन्छ ।’
महतोले भने प्रधानमन्त्रीले संविधान संशोधन गरेर चुनावमा जान्छौ भनेर अश्वासन दिएका छन्। संसदमा विचाराधिन रहेका प्रस्तावलाई पारित गर्नुको सट्टा चुनाव गराउनु सधेस विरोधी कार्य हुने महतोको भनाइ छ।
मधेश, थारु, आदिवासी जनजाती, मुस्लिमलगायतका पिछडिएका समुदायको मागलाई लत्याएर सरकारले गरेको सीमांकन र स्थानीय पुनसंरचना पनि मान्य छैन्। संविधान संशोधन हाम्रो पहिलो माग हो महतोले बताए।
पत्रकारसँग कुरा गर्दै राजेन्द्र महतो। तस्बिर : अन्नपूर्ण