घुस लिदालिँदै वनका कर्मचारी पक्राउ

घुस लिदालिँदै वनका कर्मचारी पक्राउ

बर्दिया: सेक्टर वन कार्यालय मैनापोखर बर्दियामा कार्यरत वन फरेष्टर शिवकुमार यादवले कार्यालय परिसरमै घुस लिदालिँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोग कोहलपुरले पक्राउ गरेको छ।

निजी आवादी जग्गामा कटान गरिएको रुखहरुमा टाँचा लगाउन सेवाग्राहीसँग ७ हजार रुपैया कार्यालय परिसरमै लिईरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कोहलपुरबाट आएको टोलीले यादवलाई रंगेहात पक्राउ गरेको हो।

कर्मचारीले सेवाग्राहीसँग घुस मागेर लिईरहेको अवस्थामा हामीले पक्राउ गरेका हौं अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कोहलपुरका प्रहरी उपरिक्षक कुवेर कडायतले अन्नपूर्ण अनलाईनलाई बताए। उनले भने, 'भर्खर पक्राउ गरेर ल्याएका छौं अन्यकुराहरु अनुसन्धानबाट खुल्छ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.