ट्रम्पको इयूमाथिको दवाव अस्वीकार्यः अलान्द

ट्रम्पको इयूमाथिको दवाव अस्वीकार्यः अलान्द

माल्टा: फ्रान्सका राष्ट्रपति फ्रान्स्वाँ अलान्दले शुक्रबार आफ्ना अमेरिकी समकक्षि डोनाल्ड ट्रम्पबाट यूरोपियन युनियन (इयू)माथि आउने कुनै पनि दवाव अस्वीकार्य हुने बताएका छन्। ट्रम्पले पछिल्लो समय इयूको समूह राष्ट्रभित्र फुट ल्याउने उद्देश्यले आफ्नो गतिविधि सञ्चालन गर्ने गरेको अलान्दको भनाइ छ।

अमेरिकी राष्ट्रपतिले केही विज्ञप्तिमा इयूलाई यो वा त्यो गर्न हुने वा नहुँने भनी दिएका अभिव्यक्ति इयूलाई मान्य नहुँने माल्टामा भइरहेको इयू शिखर सम्मेलनका अवसरमा अलान्दले सञ्चारकर्मीमाझ बताए।

अलान्दले अमेरिकी राष्ट्रपति ट्रम्पले विशेषगरी ट्रान्सएटलान्टिक गठनबन्धन र खर्चको बाडफाँडकका सम्बन्धमा दिएको अभिव्यक्ति कुन उद्देश्यले आएका हुन भन्ने विषय नै शङ्काको घेरामा रहेको बताए।

पोल्याण्ड र हङ्गेरीका नेताहरुबाट व्यक्त भएका विषयमा फ्रन्सको के अडान रहनेछ भन्ने प्रश्नमा अलान्दले भने, 'यदि अमेरिका इयूको भविष्यका बारेमा अमेरिका र इयूबीच सहकार्य गरेर अघि बढ्न नसक्ने हो भने ट्रम्पको भविष्यसमेत उज्जल रहने छैन।”

इयूका सदस्य रहेका धेरै राष्ट्रहरुले आफ्नो भविष्यका बारेमा पहिला इयूसँग सहकार्य नगरी अमेरिकासँग द्विपक्षीय सम्बन्ध स्थापना गर्दैमा सहज नहुने उनको धारणा थियो।

अमेरिकी राष्ट्रपति ट्रम्पले यूरोपका कतिपय मुलुकलाई बेलायतको इयू बहिर्गमनको विषयप्रति चिन्तन गर्न गरेको आग्रंहलाई अलान्दले अस्वभाविक बताए।
सो अवसरमा जर्मन चान्सलर एन्जेला मर्केलले २८ राष्ट्र इयूले आफ्नो भविष्यप्रति सजग रहेको टिप्पणी गरे।

'इयूलाई जति बलियो पार्नसक्यो यसको विश्व समुदायमा त्यतिनै विश्वसनीयता बढ्ने छ,' मर्केलले भने। त्यसैगरी अष्ट्रियन चान्सलर क्रिष्टियन कर्नले ट्रम्पको विवादास्पद आप्रवासी नीतिको आलोचना गरे। रासस÷एएफपी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.