एक वर्षमा ७५ जिल्लामै पाठेघर क्यान्सरको परीक्षण : मन्त्री थापा

एक वर्षमा ७५ जिल्लामै पाठेघर क्यान्सरको परीक्षण : मन्त्री थापा

काठमाडौं : स्वास्थ्य मन्त्री गगनकुमार थापाले एक वर्ष भित्रमा ७५ जिल्लाकै महिलाको पाठेघरको क्यान्सरको परीक्षण गर्ने तयारीमा सरकार रहेको बताएका छन् ।

क्यान्सरविरुद्धको दिवसमा अन्नपूर्ण मिडिया नेटवर्कले आयोजना गरेको साइकल र्‍यालीको उद्घाटन समारोहमा बोल्दै मन्त्री थापाले भने, ‘यो वर्ष हामी ७५ जिल्लामा कम्तिमा महिलाको पाठेघरको क्यान्सरको परीक्षण गर्ने तयारीमा छौँ।’

थापाले यो प्रक्रिया टुंगिएपछि क्यान्सरको उपचार सहज बन्ने विश्वास समेत व्यक्त गरे । ‘क्यान्सरको उपचारलाई आम मानिसको पहुँचभित्र ल्याउन सकिन्छ भन्ने हाम्रो विश्वास छ,’ मन्त्री थापाले भने, ‘क्यान्सरविरुद्ध अस्पताल र सरकारले मात्र जुधेर हुँदैन व्यक्तिगत रुपमा हामी जति जिम्मेवार छौँ त्यत्तिकै राज्यका लागि पनि जिम्मेवार छौँ।’

मन्त्री थापाले क्यान्सरसँग कुनै न कुनै रुपमा सबै जोडिएको बताए । ‘क्यान्सरकै कारण आफ्ना परिवारका सदस्य र प्रियजन यो वर्ष पनि हामीले गुमायौँ, यो सन्दर्भमा क्यान्सरसँग जुधिरहनुभएका सम्पूर्ण नेपालीलाई सम्झन चाहन्छु’, मन्त्री थापाले भने, ‘नेपाल सरकारले उच्च महत्वका साथ क्यान्सरका विभिन्न पक्षमा काम गर्दै आएको छ ।’

मन्त्री थापाले क्यान्सरविरुद्धको अभियानमा सामाजिक संघसंस्था र सञ्चार माध्यमसँग हातेमालो गर्न सकियो भने मात्र अभियान सफल हुने बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.