अन्नपूर्ण मिडियाको साइकल र्‍याली : बम्पर उपहार सन्देश शेर्पालाई

 अन्नपूर्ण मिडियाको साइकल र्‍याली : बम्पर उपहार सन्देश शेर्पालाई

काठमाडौं : अन्नपूर्ण मिडिया नेटवर्कले क्यान्सरविरुद्ध विश्वव्यापी दिवसको अवसरमा आयोजना गरेको साइकल र्‍यालीको बम्पर उपहार ‘माउन्टेन बाइक’ सन्देश शेर्पाले जितेका छन्।

अन्नपूर्ण मिडिया नेटवर्कले क्यान्सरविरुद्ध विश्वव्यापी दिवसका अवसरमा शनिबार रोगविरुद्ध सचेतना जगाउने उद्देश्यले गरेको साइकल र्‍यालीमा सहभागी मध्येमा भएको लक्की ड्रमा सन्देशले माउन्टेन बाइक जितेका हुन्।

शनिबार बिहान आठ बजे अन्नपूर्ण मिडिया नेटवर्कको तीनकुनेस्थित कार्यालयबाट सुरु भएको साइकल र्‍याली  नयाँबानेश्वर, माइतीघर, थापाथली, कुपन्डोल, पुल्चोक हुँदै जाउलाखेल पुगेर कुपन्डोल, त्रिपुरेश्वर, सहीदगेट, कान्तिपथ, हात्तीसार, भद्रकाली, सिंहदरबार, माइतीघर हुँदै अन्नपूर्ण कार्यालय नै आइपुगेर समापन भएको थियो।

विजेता शेर्पालाई अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष रामेश्वर थापाले माउन्टेन बाइक प्रदान गरे । विजेतालाई साइक प्रदान गर्दै अध्यक्ष थापाले साइकल र्‍यालीमा सहभागी सबैलाई धन्यवाद दिए ।  साइकल र्‍यालीको उद्घाटन  स्वास्थ्यमन्त्री गगनकुमार थापा र अन्नपूर्ण मिडियाका अध्यक्ष थापाले संयुक्त रुपमा गरेका थिए।

‘‘राइड फर लाइफ’ नारासहित क्यान्सरको पहिचान, उपचार र रोकथामका लागि जनचेतना जगाउने उद्देश्यसहित भएको र्यालीमा सयौँको संख्यामा सहभागी थिए ।
र्‍यालीमा स्वदेशी तथा विदेशी साइकल यात्रीको सहभागीता रहेको थियो । र्‍यालीमा सहभागी मध्ये भाग्यशाली राजन कोइरालाले लक्की ड्रमार्फत्  काठमाडौँदेखि पोखरासम्मको दोहोरो टिकट जितेका छन् भने अर्का भाग्यशाली साइकल राइडर जीवेन्द्र कर्मचार्यले काठमाडाँैदेखि भैरहवासम्मको दोहोरो टिक प्राप्त गरेका छन्।

सँगै अन्नपूर्णको साइकल र्‍यालीमा सहभागी मध्ये १० जना भाग्यशाली विजेताले अन्नपूर्ण टुडे ६ महिनासम्म निशुल्क पाउने भएका छन्। शिवराज न्यौपाने, रवीराज थापा, सगुन अधिकारी, राजेन्द्र मानन्धर, साधिका सुब्बा, लाम्बाबु शेर्पा, अर्जुन भुसाल, प्रकाश श्रेष्ठ, कृष्णकुमार श्रेष्ठ र डेङ्गा ढंगोलले अन्नपूर्ण डुटे ६ महिनासम्म निःशुल्क पाउने भएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.