मुलुकमा संकटको खतरा बढ्योः ओली

मुलुकमा संकटको खतरा बढ्योः ओली

विराटनगर: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको गतिविधिले मुलुकमा राजनीतिक र संवैधानिक संकटको खतरा बढेको आरोप लगाएका छन्।

प्रेस चौतारी मोरङले शनिबार विराटनगरमा गरेको स्वर्गीय कृष्णप्रसाद सिग्देल स्मृति युवा पत्रकारिता पुरस्कार वितरण समारोहलाई सम्वोधन गर्दै ओलीले राष्ट्रियता विरोधी सरकारले मुलुकमा संकट निम्त्याउन लागेको आरोप लगाएका हुन्। ‘यो सरकारले देशको भलो हुने काम कहिल्यै गर्दैन,’ उनले भने, ‘जहाँबाट कुभलो हुन्छ त्यही काम मात्र गरिरहेको छ।’

पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले नेपालमा संक्रमणकालको अन्त्य भएको हेर्न नचाहने तत्वको इशारामा बनेको सरकार भएकाले प्रचण्ड नेतृत्वको सरकारबाट देशको भलो हुन्छ भनेर आशा गर्नु नै बेकार भएको बताए।

‘नेपालमा संक्रमणको अन्त्य हुन लाग्यो भनेर बाहिरी तत्व आत्तिएको थियो,’ उनले भने, ‘संक्रमणको अन्त्य हुन नदिन हामी छौं भनेर शरणमा पुगेपछि बनेको सरकारले देशलाई विगार्ने काम मात्र गरिरहेको छ।’ निर्वाचनको मिति घोषणा गरेर मुलुकमा उत्पन्न हुन लागेको संकटको अन्त्य गर्ने तर्फ सरकार गम्भीर नभएको आरोप ओलीले लगाए। उनले भने,‘चुनाव गराउन बनेको सरकार नभएकाले पनि यो सरकारबाट चुनावको आशा गर्न सकिँदैन। चुनावको वातावरण भाँड्ने काम मात्र भइरहेको छ।’

सरकारले तत्काल वातावरण बनाएर निर्वाचन घोषणा नगरे २०७४ साल माघ ७ गतेपछि मुलुक संकटको भुमरीमा फस्ने ओलीले चेतावनी दिए। उनले एमालेले जसरी भए पनि मुलुकमा निर्वाचन गराएरै छाड्ने दावी गरे। ‘निर्वाचन गरेर समस्याको समाधान गरिनु पर्छ भन्ने कुरा सरकारले बुझ्न जरुरी छ,’ उनले भने, ‘हैन भने सरकारलाई राम्ररी बुझाउन एमाले तयार छ ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.