विदेशबाट सांसद भाडामा ल्याएमात्रै संशोधन प्रस्ताव पारित हुन्छः महासेठ

विदेशबाट सांसद भाडामा ल्याएमात्रै संशोधन प्रस्ताव पारित हुन्छः महासेठ

काठमाडौंः प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता रघुवीर महासेठले ९० प्रतिशत जनप्रतिनिधिले बनाएको संविधान कार्यान्वयन हुन नदिन विदेशी शक्ति र वर्तमान सरकार लागि परेको आरोप लगाएका छन्।

काठमाडौंमा शनिबार आयोजित साक्षात्कारमा महासेठले भने,‘संविधान संशोधन कसका लागि हो? नेपाल र नेपालीहरुको लागि हो कि वा विदेशी देउता वा शक्तिहरुको लागि हो?’ उनले मधेशी जनताले अहिले संविधान संशोधन नभएर कार्यान्वयन चाहेको जिकिर गरे।

उनले मधेशी जनता यो संविधान लागु होस् भन्ने पक्षमा रहेको उल्लेख गरे। उनले भने,‘पूरै ७५ जिल्लाका जनताहरुले अहिले संविधान कार्यान्वयन गर्नुपर्छ भन्ने माग गरेका छन्।’ महासेठले प्रधानमन्त्री पुष्पकम दाहाल प्रचण्ड र काँग्रेस सभापति शेरबहादुर देउवाले संविधान संशोधनको भाँजो हाल्ने काम गरेको समेत आरोप लगाए।

उनले भने,‘संविधान संशोधनले न मधेशलाई फाइदा गर्छ न त देशलाई नै, नेपाल रहेमात्रै मधेश रहन्छ, नेपाल नै नरहे मधेश कहाँ रहन्छ र?’ उनले निर्वाचन र संविधान संशोधनको अन्र्तवस्तुमा कुनैपनि सम्बन्ध नरहेको स्पष्ट पारे। नेता महासेठले एमालेलाई कसैलेपनि राष्ट्रवादको पाठ नपढाउन चेतावनी दिए। उनले भने,‘हामीले जनताबाट पाठ सिकिसकेका छौं, भन्नेले जे–जे भनेपनि हुन्छ, हामी देश र जनताको पक्षमा काम गर्छौं।’

उनले संविधान संशोधनको बहानामा प्रचण्ड नेतृत्वको सरकारले आयु लम्ब्याउने काम गरिरहेको समेत आरोप लगाए। उनले जेठमा चुनाव गर्न नसकिने भनेर गृहमन्त्रालयले भनिरहेको कुरा आफूहरुले थाहा पाएको उल्लेख गर्दै चुनाव कुनैपनि बहानामा टार्न नहुने बताए। नेता महासेठले प्रचण्ड नाम मात्रैको प्रधानमन्त्री भएको समेत जिकिर गरे।

उनले संविधान संशोधन प्रस्ताव कुनै हालतमा पनि पारित नहुने ठोकुवा गरे। उनले भने,‘संविधान संशोधनको कल्पना नै गर्न सकिँदैन। नेपालका सांसदले यसलाई पारित गर्दैनन्, काँग्रेस–माओवादीभित्र नै विद्रोह हुन्छ, यदि पास गर्ने हो भने विदेशबाट सांसद भाडामा ल्याउनुपर्छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.