संविधान संशोधनविना चुनावको मिति घोषणा भए आन्दोलन: यादव

संविधान संशोधनविना चुनावको मिति घोषणा भए आन्दोलन: यादव

काठमाडौंः मधेशी मोर्चाका नेता महेन्द्रराय यादवले संविधान संशोधन नगरी चुनावको मिति घोषणा गरे सरकारसँगको सम्बन्धविच्छेद गरेर आन्दोलनमा जाने चेतावनी दिएका छन्।

रिपोर्टर्स क्लब नेपालले शनिबार गरेको साक्षात्कारमा यादवले भने,‘संविधान संशोधन गर्ने भनेर नै यो सरकारलाई हामीले सहयोग गरेका हौं, तर हाम्रा मागहरु संविधान संशोधन मार्फत पूरा गर्नको लागि सरकार गम्भीर देखिएको छैन। आलटाल गरिरहेको छ।’

यादवले संविधान संशोधनविनै गरिने कुनैपनि निर्वाचनमा मोर्चाले भाग नलिने बरु निर्वाचन नै हुन नदिने चेतावनी दिए। यद्यपि उनले आफूहरु निर्वाचनको विरोधी नभएको जिकिर गरे।  उनले संसदमा टेबुल भएको संविधान संशोधन विद्येयक अहिले लावारिस अवस्थामा रहेको समेत गुनासो पोखे।

यादवले निर्वाचनको तयारीको लागि सत्तारुढ दल समेत गम्भिर नबनेको आरोप लगाए। उनले भने,‘मुखले एउटा कुरा गर्छन, व्यवहारले अर्को काम भैरहेको छ।’ यादवले संशोधन प्रस्ताव पास नभए मुलुकमा अनिष्ट हुने समेत बताए। उनले भने,‘संशोधन विद्येयक पारित भएन भने मुलुकमा अनिष्ट हुन्छ, द्वन्द्व हुन्छ, यसबाट उत्पन्न हुने सबै परिस्थितिको जिम्मा सरकारले लिनुपर्छ।’

उनले देशमा अहिले एमालेको महेन्द्रीय राष्ट्रवाद र सिके राउतको जस्ता दुई खाले अतिवाद रहेको र ती दुवै देशको लागि घातक रहेको टिप्पणी गरे।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.